प्रभात सुवेदी । असोज १६, बर्दिया । कृष्णसार पाठक मञ्चले आज आफ्नो दशौं श्रृङ्खला सम्पन्न गरेको छ । बर्दिया जिल्ला तथा आसपासका क्षेत्रहरुमा रहनुभएका प्राज्ञिक व्यक्तित्वहरु बिच भेटघाट तथा देशको समसामयिक विषयवस्तुहरुमा छलफल गर्ने उद्देश्यका साथ स्थापना गरिएको कृष्णसार पाठक मञ्चले आज दशौं श्रृङ्खला पुरा गरेको हो ।
आजको कार्यक्रममा बबई बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद जोशीले नारायण ढकालको “वृषभ वध” र प्राज्ञिक व्यक्तित्व दयाराम खड्काले समाजशास्त्री डोरबहादुर विष्टको “सबै जातको फूलबारीको” प्रस्तुती गर्नुभएको थियो भने उपस्थित प्राज्ञिक व्यक्तित्वहरुले समिक्षात्मक टिप्पणी तथा छलफल गर्नुभएको थियो ।
कार्यक्रम मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न गरिएको हो । मञ्चको आगामी दशौं श्रृङ्खला असौज ३० गते हुने जनाइएको छ ।