१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संसार देख्न नसक्नेहरु भारी बोकेरै परिवार पाल्छन्

२९ भाद्र २०७४, बिहीबार ०५:५६

गोपालप्रसाद पोखरेल। भदौ २९, मोरङ। दृष्टिविहीन मानिसले के काम गर्न सक्छन् भनेर तपाईंलाई कसैले सोध्यो भने तपाईं सहजै जवाफ दिनुहुन्छ, केही गर्न सक्दैनन् । खान्छन्, घरमै बस्छन् । 

तर मोरङका एक दर्जन दृष्टिविहीनको हकमा भने यो जवाफ गलत हुन्छ । उज्यालो हुन नपाउँदै मोरङ लालभित्तीका ३२ वर्षीय दृष्टिविहीन गोविन्द राई भारतको जोगवनी हानिनुहुन्छ । त्यहाँ रु ५० हजार देखि ६० हजारको सामान किन्नुहुन्छ । 

उहाँ नाम्लो लगाएर थाप्लोमा बोकेर नेपाल आउनुहुन्छ र नेपालका बजारमा ती सामान बेच्नुहुन्छ । एकपटक सामान ल्याएर बेच्दा रु दुई हजार कमाइ हुने उहाँको भनाइ छ । उहाँले आफ्ना बूढा भएका बुबाआमा छोराछोरी पढाउने र भरणपोषण गर्दै आउनुभएको छ । संसार देख्न नसक्नेहरु साङगभन्दा सक्षम छन् । 

उहाँमात्र होइन, मोरङ तेतरीयाका दृष्टिविहीन ३० वर्षीय सरोज चौधरी, बेलबारीका दृष्टिविहीन अनिल चौधरी, रोशन ताजपुरीया, पथरीका दृष्टिविहीन अभिलेश कर्ण तथा सन्देश शर्मा भारतको जोगवनीबाट किराना सामान ल्याएर पसल पसलमा विक्री गरेर आफ्नो परिवार चलाइरहनुभएको छ । 

उहाँहरुले भारतको जोगवनीबाट किरानाका सामग्री किनेर भरियाको जस्तो भारी बोकेर नेपाल आउनुहुन्छ र बजारबजारमा भरियाजस्तै गरेर पुगी चिनीलगायतका सामग्री केही सस्तोमा बेच्नुहुन्छ । 

उहाँहरुले आफ्ना बूढा भएका बाबुआमा र छोराछोरी पाल्नुका साथै राम्रो स्कुलमा छोराछोरी पढाउनुभएको छ । भारी बोकेर रानी— विराटनगर सडकखण्डमा भेटिनुभएका सरोज चौधरी भन्नुहुन्छ, “हामीजस्ता संसार नदेख्ने मागेर खान्छन्, हामीलाई माग्न लाज लाग्छ, त्यसैले भारी बोकेर भएपनि परिवार पालिरहेका छौँ ।” गोविन्दले मेहनत गरेर दुवै छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आउनुभएको छ । 

उहाँले किरानाका सामान बेचेरै छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउनुभएको हो । उहाँहरु जन्मँदै दृष्टिविहीन हुनुहुन्छ । आफ्नै भारी बोकेर जीविका चलाउने दृष्टिविहीन उहाँले बिए पास गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह