2026-09-05 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जहाज ल्याण्ड गर्नेबित्तिकै ककपिटबाटै पाइलट पक्राउ

काठमाडौँ | अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एक पाइलटलाई विमान अवतरणलगत्तै पक्राउ गरिएको छ।

शनिबार राति ९:३५ बजे मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ अवतरण गरेपछि, ३४ वर्षीय सहपाइलट रस्टम भागवरलाई सुरक्षा अधिकारीहरूले विमानभित्रै ककपिटबाट हतकडी लगाएर बाहिर निकाले।

न्युयोर्क टाइम्सका अनुसार, रस्टम भागवरमाथि २४ वटा गम्भीर आपराधिक अभियोग लगाइएको छ, जसमा १० वर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क, यौन आक्रमण र दुर्व्यवहार जस्ता मुद्दा समावेश छन्।

उक्त घटनासँग सम्बन्धित ४५ वर्षीया जेनिफर पावेल नाम गरेकी महिला पनि पक्राउ परेकी छन्। उनीमाथि पनि ती अभियोगहरू लगाइएको छ।

दुवैलाई मार्टिनेज डिटेन्सन सेन्टरमा राखिएको छ। अदालतले रस्टम भागवरको धरौटी १ करोड ५० लाख डलर तोकेको छ। अभियोग प्रमाणित भएमा १५ वर्षदेखि आजीवन कैद सजाय हुन सक्छ।

कन्ट्रा कोस्टा काउन्टी शेरिफ विभागका अनुसार, भागवरमाथि गत अप्रिलदेखि अनुसन्धान भइरहेको थियो। पर्याप्त प्रमाण जुटेपछि होमल्याण्ड सेक्युरिटीको सहयोगमा उनलाई विमानबाटै समातिएको हो।

डेल्टा एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्धता व्यक्त गरेको छ र ती पाइलटलाई तत्काल निलम्बन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ