१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्कुलबाटै हराएका कन्चनपुरका १३ वर्षीय बालक मृत भेटिए

२९ भाद्र २०७४, बिहीबार ०६:२१

भदौ २९, कञ्चनपुर। चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् । 

स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चन्दको हत्या गरिएको अवस्थामा शव फेला परेको बताउनुभयो । 

उहाँका अनुसार चन्दको शव हल्दुखालकै स्थानीय खोलाको छेउमा फालिएको अवस्थामा भेटिएको हो । विद्यालयको टिफिन टाइममा हराएका चन्दलाई सोही दिनदेखि प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए । 

विद्यार्थीको शव भेटिएपछि आज बिहानदेखि प्रहरीले घटनास्थल विवरण संकलनदेखि हत्याराको खोजीमा विशेष अपरेशन थालेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह