2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रहर हुँदाहुँदै विद्यालय जान नपाएकाहरु…

कमल खत्री। भदौ २९, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ । 

म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् । 

पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन् भने आमाले गत वर्ष अर्कैसँग बिहे गरेर गएपछि उनले विद्यालय जान छाडेका हुन् । बिहान बेलुका पकाएर खानेको समेत टुंगो नभएपछि अजयले बेनीस्थित प्रकाश माविमा कक्षा ५ सम्मको अध्ययन गर्दागर्दै विद्यालय जान छाडेको बताए । 

बस्नका लागि सानो छाप्रो भएपनि बिहान बेलुका के खाने टुंगो नभएपछि अजयसँगै उनका भाइ शक्तिले समेत विद्यालय जान छाडेका हुन् । १० वर्षका शक्तिले कक्षा ३ मा अध्ययन गर्दै गरेको समयमा विद्यालय जान छाडेका हुन् । 

आफन्तकामा खाना खाँदै आएका उनीहरुले अहिले सडकमा खेलेर दिन बिताउने गरेका छन् । “आमाको अर्कैसँग बिहे भएपछि बस्ने र खाने ठाउँ भएन, बाबा विदेशमा हुनुहुन्छ, पढेर ठूलो मान्छे बन्ने रहर छ, तर विद्यालय जान छाडेको पनि धेरै भयो, अब त सरहरुले पनि गाली गर्नुहुन्छ होला,” अजयले भने । 

अजयजस्तै पढेर ठूलो बन्ने चाहना हुँदाहुँदै विद्यालय जान छाडेका अर्का बालक हुन सुमित नेपाली । उनीहरु सहोदर दुई भाइका छोराहरु हुन् । आफ्नै गाउँ धाइरिङकै स्थानीय विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षका उनले पनि केही वर्ष अगाडिदेखि पढाइ छाडेका हुन् । 

कक्षा ४ सम्मको अध्ययन गरेका उनले पनि बजारमा कम्युटर चलाएर जागिर खानेजस्तै ठूलो मान्छे बन्ने रहर रहेको बताए । तर अध्ययन छाडेको वर्षौं भइसकेकाले फेरि विद्यालय गएर पढ्ने उचित वातावरण उनको घरपरिवारको पनि छैन । उनकी आमाले बजारमा मजदुरीको काम गर्छिन् भने बाबाले हार्डवेयर काम गर्छन् । उनका बुबाले दुईवटा बिहे गरेका छन् । 

दिनभरि डुलेरै समय खेर फाल्दै आएका यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । घरपरिवारको उचित वातावरण नहुँदा पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छाडेका थुप्रै बालबालिका छन् । 

तर सडकमा दिनभर धुलोसँगै खेलेर समय खेरफालेका यस्ता बालबालिकालाई संरक्षण गरी उनीहरुलाई अध्ययनबाट वञ्चित नगराउनका लागि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिँदैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई