३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आफ्नो अत्याचार लुकाउन इजरायलले पत्रकारलाई आतंकवादीको ट्याग लगाउँछ : राष्ट्रसंघ

१६ श्रावण २०८२, बिहीबार १६:४७

काठमाडौँ | इजरायलले गाजापट्टीमा आफ्नो गैरन्यायिक हत्यालाई जायज साबित गर्न पत्रकारलाई पनि आतंकवादीको ट्याग लगाउने गरेको पाइएको छ । अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक आइरिन खानले इजरायलको उक्त हर्कतबारे खुलासा गरेकी हुन् ।

खानले उत्तरी गाजा पट्टीमा अल जजीराका अन्तिम पत्रकारका रुपमा कार्यरत अनस अल–शरीफविरुद्ध इजरायली सेनाको धम्कीप्रति राष्ट्रसंघ चिन्तित रहेको बताएकी छन् । उनले अल जजीरा अरबिककासहकर्मीहरूसँग कुरा गर्दै प्रमाणबिनै पत्रकारलाई आतंकवादी भन्ने गरेको बताइन्।

उनले भनिन्–इजरायली सेनाले कुनै प्रमाण बिना नै अल–शरीफ र अन्य पत्रकारहरूलाई ‘आतंकवादी’ भएको आरोप लगाउँछ । हामी विश्व समुदायलाई इजरायलमाथि गाजामा अल–शरीफ र अन्य पत्रकारहरूलाई लक्षित गर्नबाट रोक्न आह्वान गर्छाैं । इजरायली सेनाले पत्रकारहरूलाई उनीहरूको हत्यालाई जायज ठहराउन झूटो रूपमा ‘आतंकवादी’ भनेर लेबल लगाइरहेको कुरा संसारले सुन्नुपर्छ ।

खानका अनुसार इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश अनुमति दिन अस्वीकार गर्छ र स्थानीय पत्रकारहरूको प्रतिष्ठामा कलंक लगाउँछ । प्यालेस्टिनी पत्रकारहरूको हत्या र नजरबन्द सत्यलाई दबाउने इजरायली रणनीति भएको समेत उनले बताएकी छन् ।

उनले भनेकी छन्–हामी गाजामा बहादुर पत्रकारहरूको सुरक्षाको लागि आह्वान गर्छौं, किनकि उनीहरूको इजरायली नरसंहारको रिपोर्टले संसारलाई हल्लाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली