२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

२०७४, २९ भाद्र बिहीबार ०७:०५

भदौ २९, बैतडी। चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो दिन जिल्ला सदरमुकाम गढी र गोठलापानी बजारमा अनुगमन गरेको छ । 

खुद्रा पसल, होटेल, फ्रेस हाउस र मदिरा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडूले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरेको भेट्टिएका छन् । केही पसल घरेलु कार्यालयमा दर्ता भए पनि नगरपालिका कार्यालयमा भने अधिकांशले दर्ता नगरेको पाइएको छ । 

साथै, उक्त अनुगमनका क्रममा मूल्यसूची नराखेको, साइनबोर्ड नभएको समेत फेला परेको थियो । उक्त अनुगमनका क्रममा भेटिएका रु आठ हजार ३५८ मूल्य बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । 

उपभोग्य मिति समाप्त भएका मसला, नमकिन, बिस्कुट, तेल, जुस, चिउरालगायतका खाद्यपदार्थ जफत गरी प्रहरी, पत्रकार र सरोकारवाला सबैको रोहबरमा नष्ट गरिएको हो । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, साइनबोर्ड राख्न तथा पसल दर्ता गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

यसैगरी, उपभोक्ता हित संरक्षणको विषयमा सबै व्यवसायी एवं व्यापारी, उपभोक्तालगायत सरोकारवाला सबैलाई सचेत रहनसमेत अनुरोध गरिएको छ । अघिल्ला वर्षभन्दा अहिले म्याद नाघेका सामान कम भेटिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । 

पटकपटक अनुगमन गरी सचेत गराइएकाले म्याद गुज्रेका सामान तुलनात्मकरुपमा कम भेटिएको जनाएको छ । 

बाजुरा

यसैगरी, दशैँ तिहारको समयमा कालोबजारी मनोमानी बढ्ने भन्दै यहाँको स्थानीय प्रशासनले बजार अनुगमन कार्य तीव्र पारेको छ । बजार अनुगमन समितिले मंगलबार स्थानीय होटल पसलमा अनुगमन कार्य शुरु गरेको हो । 

दुईदिन गरेर मार्तडी र दुनी हाटबजारका ४५ भन्दा बढी पसलको अवस्थाबारे जानकारी लिइएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभएको छ । 

मंगलबार गरिएको अनुगमनका क्रममा रोशन एण्ड ज्ञानु मम सेकुवा सेन्टरका भीमबहादुर खड््काको पसलमा बिना अनुमतिको मदिरा भेटिएको र कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र पठाएको बताइएको छ । 

बुधबार गरिएको अनुगमनका क्रममा पाँचवटा पसलबाट ११७ प्याकेट बिस्कुट, १० प्याकेट खुर्सानी बरामद गरी जलाएर नष्ट गरिएको छ । अनुमगनमा समिति सदस्य उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार महासंघ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिले जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी