२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विराटनगरमा एक करोड लिटर दूध संकलन

२९ भाद्र २०७४, बिहीबार ०९:०७

भदौ २९, विराटनगर। दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । 

सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ ।  

व्यवसायमुखीभन्दा बढी सेवामुखीका रुपमा सञ्चालित सो संस्थानले सर्वसाधारणबीच दूध बिक्री गर्नाका साथै दूधको पाउडर, मिठाइ, मख्खन, घ्यू, पनिर र आइसक्रिम बनाउने गर्छ । दुग्ध व्यवसायसँग संलग्न पूर्वाञ्चलका विभिन्न सहकारी संस्थाका साथै किसानबाट दैनिकरुपमा सरदर २५ हजार लिटर दूध खरिद गरी १३ हजार लिटर दूध बिक्री वितरण गर्दै आएको संस्थानका प्रमुख सरोज सिम्खडाले जानकारी दिनुभयो । 

किसानसँग खरिद गर्दै आएको दूधमा प्रतिलिटर पाँच रुपैया १० पैसा बढोत्तरी गरिएको छ । किसानसँग प्रतिलिटर रु ४० र सहकारीसँग रु ४५ मा दूध खरिद गरिएको उहाँले बताउनुभयो । दूध संकलनबापत ढुवानी खर्च, दूध चिस्याउने र प्रशासनिकलगायत खर्च जोडेर दूध प्रतिलिटर रु ७० मा बिक्री गर्ने गरिएको छ । 

उक्त संस्थानअन्तर्गत रहेको पाउडर प्लान्टको क्षमतामा विस्तार गरिएपछि दूधको पाउडर बनाउन सहज भएको छ । सो प्लान्टबाट दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउन सकिनेछ । साठी हजार लिटर दूधको पाँच हजार किलो पाउडर तयार हुन्छ । रु १० करोडको लागतमा उक्त प्लान्ट निर्माण गरिएको हो । 

संस्थान सेवामुखी भएकाले कम मुनाफामा विराटनगरलगायत विभिन्न ठाउँमा दूध वितरण गर्ने गरिएको हो । यस संस्थानअन्तर्गत शुद्ध घ्यूका साथै रसभरी, लालमोहनलगायतका पदार्थ बनाइन्छ । किसानलाई दूध उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विराटनगरबाट ४२६ किमी टाढा रहेको पाँचथरको देउरालीस्थित चिस्यान केन्द्रबाट पनि दूध संकलन गर्ने गरिन्छ । 

त्यस्तै, यहाँदेखि ४१४ किमी टाढाको इलामको शान्तिडाँडा, ३८५ किमी टाढा रहेको पुवाखोला, ३६० किमीमा पर्ने बिवल्याँटे, ३१२ किमीमा पर्ने लक्ष्मीपुर, २६० किमी टाढाको फिक्कल, तिनघरे, धनकुटाको हिले र तेह्रथुमको चित्रस्थित चिस्यान केन्द्रबाट दूध संकलन गर्ने गरिएको छ । 

मोरङ, सुनसरी, सप्तरी र सिरहाका विभिन्न चिस्यान केन्द्रबाट समेत दूध संकलन गर्ने गरिएको कार्यालयले जनाएको छ । पूर्वी नेपालका पहाडी जिल्लाबाट समेत दूध संकलन गर्न थालेपछि किसान दूध उत्पादनतर्फ अग्रसर भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य