2026-08-31 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै

नारायण अधिकारी। भदौ २९, चितवन। रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । 

विज्ञानमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पहिलो रोजाइ मानव चिकित्सक बन्ने भए पनि सबैले छात्रावृत्ति नपाउने र शुल्क तिरेर पढ्दा निकै खर्चिलो हुने भएकाले दोस्रो विकल्पका रूपमा कृषि शिक्षा परेको हो । 

हाल नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु¬), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले कृषि शिक्षा पढाउँदै आएका छन् । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रलाई मात्रै सम्बन्धन दिएको छ भने अन्य दुईका आंगिक क्याम्पस छन् । 

एएफयुकाउपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल यस विश्वविद्यालयमा कृषि पढ्न गतवर्ष चार हजारले आवेदन दिएकामा २१५ जनाले मात्रै पढ्ने अवसर पाएको बताउनुहुन्छ । त्यही हाराहारीमा त्रिविमा विद्यार्थीले आवेदन दिने गरेका छन् । एएफयुले कृषि स्नातकका लागि रामपुरमा १६५ र पोखराको पुरनचौरमा ५० जनामात्रै विद्यार्थी पढाउँदै आएको छ । 

त्रिविले लम्जुङको सुन्दरबजारमा ५० र कपिलवस्तुको पक्लिहवामा ५० विद्यार्थी पढाउँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रबाट दाङमा दुई वटा क्याम्पसले ५०÷५० र बैतडीको गोकुलेश्वरमा ५० विद्यार्थी पढाउँछन् । पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले भरतपुरमा ५० र काठमाडौँमा ५० विद्यार्थी पढाउँदै आएका छन् । दश हजारको हाराहारीका विद्यार्थी कृषि पढ्न इच्छुक पभएपनि समग्रमा वार्षिक ५६५ जनाले मात्रै नेपालमा कृषि शिक्षा पढ्न पाउने उपकुलपति ढकाल बताउनुहुन्छ । उहाँका अनुसार कृषिसँगै भेटेनरी र मत्स्य विज्ञानमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ । 

गतवर्ष एएफयुमा मात्रै ५० भेटेनेरीका लागि एक हजार २०० र १६ जना मत्स्यविज्ञानका लागि कोटा छुट्याइएकामा ४०० विद्यार्थीले आवेदन दिएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति विद्यार्थीको मागसँगै विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस खोल्न सिनेटले पारित गरिसकेको बताउनुहुन्छ । 

निजी क्षेत्रबाट १० वटा क्याम्पसले सम्बन्धनका लागि एएफयुमा निवेदन दर्ता गरेका छन् । सरकारी तवरबाट मात्रै सबै विद्यार्थीको मागअनुसार पढाउन नसक्ने भएकाले पूर्वाधार सम्पन्न भएका निजी कलेजलाई पनि सम्बन्धन दिएर पढ्ने अवसर बढाउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ । 

आंगिक क्याम्पस सञ्चालन गर्न तराईमा आठ बिगाहा र पहाडमा एक सय रोपनी जग्गा हुनुपर्ने शर्त पूरा गर्ने क्याम्पसमा क्रमशः पढाइ शुरु गर्दै जाने भएकाले चालू शैक्षिक सत्रमा एउटा क्याम्पस सञ्चालनमा आउन सक्ने सम्भावना रहेको र सर्त पुरा भएका अन्य क्याम्पस क्रमशः थपिँदै जाने रजिष्ट्रार प्रा.डा कोलाक्षपतिको भनाइ छ । 

त्रिविले पनि चितवनको रामपुर छोडेपछि शक्तिखोरमा नयाँ क्याम्पस स्थापना गरी पढाई सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्लो समय कृषि शिक्षा पढ्न छात्राहरु पनि आउन थालेका छन् । 

विगत एक दशकमा कृषि पढ्ने छात्राको संख्या निकै बढेको देखिएको छ । एएफयुका उपकुलपति ढकालका अनुसार कृषि पढ्न रुचाउने छात्राको प्रतिशत ४० नाघेको छ । विगतमा न्यून मात्रामा छात्रा कृषि पढ्न आउने उहाँले बताउनुभयो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे नेपाल कृषि प्रधान देश भएकाले उत्पादनको क्षेत्रमा जति नै जनशक्ति भए पनि अपुग हुने बताउनुहुन्छ । विदेशमा पनि यसको माग निकै बढी भएकाले पछिल्लो समय विद्यार्थीको रोजाइ कृषि शिक्षा बनेको उहाँको भनाइ छ । 

हिजोसम्म परम्परागत खेती प्रणाली रहेको भन्दै उहाँले व्यवसायीकरणसँगै नयाँ प्रविधि भित्र्याउँदा कृषि अध्ययन गरेका जनशक्तिको आवश्यकता देखिएको छ । कृषि अध्ययन गरेका कोही पनि बेरोजगार नभएको भन्दै उहाँ रोजगारीभन्दा स्वरोजगारतर्फ पनि लाग्नेहरुको संख्या बढेर गएका छ भन्नुहुन्छ । नेपालमा कृषि शिक्षामा विद्यावारिधि गर्नेहरु पनि निकै बढेर गएका छन् । यकिन तथ्यांक नभए पनि नेपालमा मात्रै एक सयभन्दा बढीले विद्यावारिधि गरेको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ