१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ब्रम्हपुरी गाउँपालिकामा चार सय घरपरिवारलाई लालपुर्जा वितरण गरियो

२९ भाद्र २०७४, बिहीबार १०:१९

सरोज यादव/भदौ २९, सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका अन्तर्गत भेल्हीमा मंगलबार ४ सय घर धुरी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

वर्षौ देखि गाउँ , ब्लक , क्षेत्रको एइलानी जग्गामा बसोबास गर्दै आइरहेका बासिन्दाहरुलाइ नापी कार्यालय मलंगवाले लालपुर्जा वितरण गरेको छ । सर्वे गरिएको लामो समय पश्चात् लालपुर्जा पाएकोमा स्थानीयबासी हरु खुसी ब्यक्त गर्दै लालपुर्जा वितरण गर्न आएका टोलीलाई धन्यवाद दिएका छन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल , नापी कार्यालयका प्रमुख शत्रुधन प्रसाद यादव , भुमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जित बहादुर गोले लगायत ले लालपुर्जा वितरण गर्नु भएको छ । 

लामो प्रयास पश्चात् भेल्हीका ४ सय ६५ घर धुरी परिवारलाई प्रति परिवार ५ धुरका दरले करिब ६ बिघा जग्गाको लालपुर्जा वितरण गरिएको भुमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष गोले ले बताउनु भयो । 

नाप नक्सा भइसकेका जिल्लाका अन्य ठाउँमा ब्लक जग्गाका धनिलाई पनि एक- दुई वर्षको भित्रमा लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको नापी प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह