२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको इजलासमा रवीन्द्र मिश्रको कविता-‘राज्यले छातीमा गोली हान्दा निर्दोष ,नागरिकले ढुंगा हान्दा जेलमा

२० श्रावण २०८२, सोमबार १६:४३

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज फेरि एकपटक अदालतको इजलासमा उभिए । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएपछि सरकारी पक्षले उच्च अदलातमा पुनरावेदन गरेकोमा आज अन्तिम बहस भएको थियो ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा वकिलहरुको बहस सकिएपछि मिश्रले थोरै समय लिएर बोलेका थिए । उनले राज्यबाट आफूमाथि प्रतिशोधपूर्ण व्यवहार जारी राखेको गुनासो सुनाए । आफू हिंसात्मक घटनामा संलग्न रहेको प्रमाण देखाउन उनले चुनौती दिए ।

मिश्रको भनाइको सार यस्तो थियो:

लोकतान्त्रिक गणतन्त्रमा राज्यले प्रतिशोाध लिन चाह्यो भने कसरी जेरी घुमाएको जसरी घुमाउँदो रहेछ भन्ने मैले यो क्रममा अनुभव गरे । यहाँ राज्यको तर्फबाट, सरकारको तर्फबाट प्रयोग भएका वाक्यहरु सुनेर छक्क परेको छु । क्रियापदलाई प्रयोग गर्दा हुन सक्छ भन्नु र गर्छौं भन्नुमा आकाश पातालको फरक छ । यो यो भयो भने राज्य ग्रे लिस्टमा पर्न सक्छ भन्नु कुनै अपराध होइन । अर्थशास्त्रीले नेपाल ‘फेलियर स्टेट हुन लाग्यो’ भनेर भनिसकेका छन् ।

हामीले अहिलेको बदलिएको भूराजनीतिमा युक्रेन जस्तो देश हुन सक्छ भनेर अन्तर्राष्ट्रिय रुपमा भनिएको छ । ‘हुन सक्छ’ भन्छु र ‘बनाइदिन्छु’ भन्नुमा अन्तर छ । उहाँहरु आएर सिधै वाक्य बिगारेर ‘बनाइदिन्छु’ भनेको छ भन्नुहुन्छ । कहाँ छ मैले भनेको ? देखाउनु पर्यो।

मलाई हिजो आएर एकजना पीडित पक्षले, म उहाँसँग सहानुभूति (सिम्पेथाइज) राख्छु, उहाँले भन्नुभयो, ‘प्रहरीले भनेपछि मैले त्यहाँ रविन्द्र मिश्र घरमा पस्नुभयो भनेर भनेँ ।’ म कहाँ घरमा पसेको छु? मलाई देखाइदिनु पर्यो ।

मैले ‘एयरपोर्ट कब्जा गर्न जाउँ’ भनेँ भनेर यहाँ हिजो सरकारी पक्षका वकिलहरुले भन्नुभयो । मैले कहाँ बोलेको छु ? देखाइदिनु पर्यो । श्रीमान्, म आन्दोलनमा गएको हो, तर कुनै हिंसात्मक शब्द मैले प्रयोग गरेको छैन । कहीँ कतै हिंसामा संलग्न भएको छैन । यो पवित्र ठाउँमा आएर यसरी झुठो कुराहरु, विशेषण जोडेर, नभएका क्रियापद प्रयोग गरेर निर्दोष मान्छेलाई जेल हाल भनेर बहस (आग्र्युमेन्ट) गर्ने ? र जेल गएपछि ‘हामीले आफ्नो दायित्व पूरा गर्यौँ’ भनेर भन्ने ? दायित्व पूरा गर्दाखेरि विवेकको पनि प्रयोग हुनुपर्छ श्रीमान्, र विवेक बन्दक राखेर यसरी गर्न हुँदैन भन्ने मेरो आग्रह छ ।

र म एक मिनेट मात्रै समय लिएर यो राज्यले कस्तो किसिमको व्यवहार गरिरहेको छ भन्ने सन्दर्भमा चार लाइनको कविताको अंश भन्छु । यो भावना होइन, तथ्य हो:

‘उसले घुँडामुनि हान्नुपर्ने गोली छातीमै हान्यो
उसलाई कानून लाग्दैन किनभने ऊ राज्य हो
साथीको छातीमै गोली लागेको देखेर
आक्रोशित पुष्करले ढुंगा हान्यो
उसलाई कानून लाग्छ
किनभने ऊ नागरिक हो’

राज्यको दृष्टिकोणमा नागरिक र राज्य फरक हुन सक्दैन । राज्यको जति अधिकार छ, हाम्रो पनि त्यति नै अधिकार छ । घुँडामुनि हान्ने गोली छातीमा हानेर अनि यहाँ आएर ढुंगा हान्नेलाई जेलमा हाल भनेर बहस गर्न मिल्दैन श्रीमान् । हामीमाथि न्याय होस् । मैले चाहेको त्यत्ति हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य