2026-10-22 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा नेपाली मूलकी युवतीमाथि निर्घात कुटपिट,न त प्रमाण, न त अपराध ड्रोन चोरेको आरोपमा कुटपिट( भिडीयोसहित)

काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित बरेलीमा नेपाली मूलकी युवतीलाई चोरको आरोप लगाउँदै अमानवीय व्यवहार गरेको भिडिओ सामाजिक सञ्जाल भाइरल भएको छ । शुक्रबार राति भएको घटनामा युवतीलाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको देखिन्छ ।

भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार नोएडामा काम गर्ने नेपाली मूलकी युवती सुस्मिता शालु (उपनाम काजल) लाई भिडले नियन्त्रणमा लिई कुटपिट गरेको हो । यसबारे स्थानीय प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै चार जनालाई पक्राउ गरेको बरेलीका एसपी (सिटी) मनिष पाण्डेले एक भिडिओमा बताएका छन् । घटनाका अन्य संलग्नको खोजी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

के थियो घटना ?

यो घटना बरेलीको किला थाना क्षेत्रअन्तर्गत पर्ने मोहल्ला बारादरीको भएको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुस्मिता कामको सिलसिलामा रेशम सिंह र विनय गंगवार नामका व्यक्तिले बोलाएपछि नोएडाबाट बरेली गएकी थिइन् ।

शुक्रबार राति करिब साढे १ बजे उनी घरको छतमा फोनमा कुरा गरिरहेकी थिइन् । त्यहीबेला स्थानीयले अपरिचित व्यक्ति देखेपछि ‘चोर-चोर’ भन्दै होहल्ला गर्न थाले । भिड जम्मा भएको र आफूमाथि आक्रमण हुनसक्ने डरले सुस्मिताले भाग्ने प्रयासमा छतबाट हाम फालेकी थिइन् । जसकारण उनको खुट्टामा चोट लाग्यो ।

तल खसेर घाइते भएकी उनलाई भिडले समातेर अमानवीय तरिकाले कुटपिट गर्‍यो । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनलाई भिडले घेरेको र एक व्यक्तिले कपाल समातेर तानेको देखिन्छ । रगतले लतपतिएकी उनी हात जोड्दै “प्रहरीलाई बोलाउनुहोस्, म भाग्दिनँ” भन्दै गुहार मागिरहेकी छिन्, तर भिडले उनको कुरा सुनेन । उल्टै ‘डोरी ल्याएर बाँध्’ भन्दै उनलाई डोरीले बाँधेर यातना दिएको अर्को भिडिओमा देखिन्छ ।

घटनाको सूचना पाएलगत्तै किला थानाको प्रहरी टोली घटनास्थलमा पुगेको एसपी पाण्डेले बताएका छन् । प्रहरीले घाइते युवतीलाई उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरेको छ । पाण्डेका अनुसार युवतीको अवस्था हाल सामान्य छ ।

पीडितको उजुरीका आधारमा कानुनका गम्भीर धाराहरू अनुसार मुद्दा अगाडि बढाइएको उनले जनाएका छन् । साथै भिडिओ फुटेजका आधारमा चार जना आरोपीलाई गिरफ्तार गरिएको र संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पनि चाँडै गिरफ्तार गरिने र कानुनी कारबाही गरिने उनले बताएका छन् ।

प्रहरीले पीडित महिलाको थप व्यक्तिगत जानकारी खुलाएको छैन ।

‘ड्रोन चोर’ को अफवाहले कुटपिट !

यो घटना बरेली र आसपासका क्षेत्रमा फैलिएको ‘ड्रोन चोर’ को अफवाहको पछिल्लो परिणाम भएका त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि त्यस क्षेत्रमा ड्रोनबाट चोरी गर्ने गिरोह सक्रिय रहेको हल्ला फैलिएको छ । यही अफवाहका कारण अपरिचित र मानसिक अवस्था ठीक नभएका व्यक्तिहरूमाथि भिडले आक्रमण गर्ने घटना बढेका छन् ।

यो घटना हुनु दुई दिनअघि मात्रै बरेलीको भोजीपुरा क्षेत्रमा एक अपरिचित व्यक्तिलाई भिडले कुटपिट गरी हत्या गरेको थियो । प्रहरीले बारम्बार अफवाहमा विश्वास नगर्न र कानुन हातमा नलिन अपिल गरे पनि यस्ता घटना रोकिएका छैनन् । प्रहरीले अफवाह फैलाउनेहरूमाथि समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ