2026-08-16 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रेडियो मेन्छ्यायेमले आठौँ वार्षिक उत्सव मनायो

प्रकाश धौलाकोटी ।  तेह्रथुम, ११ माघ । तेह्रथुम जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमले आज आफ्नो आठौँ वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिक उत्सवका अवसरमा जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुसँग रेडियोले जिल्लाको विकास निर्माण, सुसासन तथा अन्य विविध क्षेत्रमा पुर्याएको योगदानबारे छलफल गरेको छ ।

सहभागीले रेडियाले भावी दिनमा अझै उत्पादनमुखी र उत्प्रेरणा जगाउने किसिमका कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् । यस्तै वार्षिक उत्सवकै अवसरमा आयोेजित लिम्बु तथा नेपाली भाषामा खुल्ला रेडियो कविता वाचन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । नेपाली भाषाको कवितातर्फ प्रथम डिल्लीराम परदेशी, द्धितीय प्रकाश धौलाकोटी, तृतीय उत्तम लावती र आरती लिम्बु सान्त्वाना भएका छन् । यस्तै लिम्बु भाषा तर्फ प्रथम योगिता लिम्बु, द्धितीय दिलेन माबो, तृतीय मनिसा तुम्खेवा तथा टठबहादुर पन्धाक र आइन्द्रहाङ आंदेम्बे सान्त्वाना भएका छन् । प्रतियोगिता उत्कृष्ट सबैलाई नगद तथा प्रमाण पत्रले पुरस्कृत गरिएको स्टेशन मेनेजर प्रेमचन्द्र लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट