२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युनाइटेड एयरलाइन्सको उडान अचानक रोकियो, हजारौँ यात्री अलपत्र

२०८२, २३ श्रावण बिहीबार ११:३०

काठमाडौँ | अमेरिकाको युनाइटेड एयरलाइन्सले बुधबार अचानक धेरै उडान रोकेको छ । उडान रोकिँदा हजारौँ यात्रीले असुविधाको सामना गर्नुपरेको एनडीटीभीले जनाएको छ ।

कम्पनीले यो कदम प्राविधिक समस्याका कारण भएको जनाएको छ । युनाइटेड एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्राविधिक समस्याका कारण हामीले हाम्रा मुख्य उडानहरूलाई प्रस्थान विमानस्थलमा स्थगन गरेका छौँ । साँझसम्म थप उडानमा ढिलाइ हुनसक्छ । यात्रीहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । हामी उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन हरसम्भव प्रयास गर्नेछौँ ।”

अमेरिकाको उडान नियन्त्रण गर्ने संस्था संघीय उड्डयन प्रशासन (एफएए)ले पनि युनाइटेडका उडानलाई रोक लगाउने आदेश दिएको छ । यो रोक डेनभर, नेवार्क, ह्युस्टन र सिकागोजस्ता ठूला विमानस्थलमा लागु गरिएको छ ।

अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलोपटक भने होइन । गएको महिना अलास्का एयरलाइन्समा प्राविधिक समस्याका कारण उडान घण्टौँसम्म रोकिएका थिए ।

यो वर्ष नेवार्क विमानस्थलमा धेरैपटक हवाई यातायात नियन्त्रण प्रणालीमा खराबी आएको छ । गएको जनवरीमा वासिङटननजिकै एक यात्री विमान र सैन्य हेलिकोप्टर ठोक्किँदा दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी