२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८० श्यया थपिने

३० भाद्र २०७४, शुक्रबार ०५:२२

भदौ ३०, चितवन । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ । 

विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा रहेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । शुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० श्यया अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

सो भवनको निर्माण सम्पन्न भएको भागमा यही असोज १० गतेदेखि थप ८० श्यया सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो । 

सोही दिन अस्पतालको १८ औँ वार्षिकोत्सव पर्दछ भने १३ आँै राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि पर्दछ । यही अवसरमा पहिलो चरणको श्यया थप गरिन लागेको हो । सरकारले भवन निर्माण गरिदिएको भए पनि जनशक्ति भने आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागिएको आचार्यले बताउनुभयो । 

यस अस्पतालमा वर्षेनी उपचारका लागि आउने बिरामीको संख्या बढ्दो छ । सन् २०१६ मा एकलाख २१ हजार १३५ जनाले अस्पतालबाट बहिरंग सेवा लिएका थिए, जसमध्ये चार हजार ७७५ क्यान्सरका बिरामी रहेको अस्पतालले जनाएको छ । 

सन् २०१५ मा चार हजार ५८१ क्यान्सरकासहित एकलाख १३ हजार ७९९ र सन् २०१४ मा चार हजार ४०१ क्यान्सरकासहित एक लाख १२ हजार ४७६ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । 

सन् २०१६ को तथ्याँकअनुसार नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी पाठेघरका ६०५, दोस्रोमा फोक्सोका ५९२ र तेस्रोमा स्तनका ४६८ जना रहेका छन् । 

अस्पतालले एक वर्षपछि मात्र तथ्याँक संकलन गरी अन्तिम रुप दिने भएकाले सन २०१६ को तथ्याँक हाल सार्वजनिक गरिएको हो । यो अस्पतालमा नेपालका ७५ जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गर्दछन् । 

सन् २०१६ को तथ्याँकअनुसार सबैभन्दा कम रसुवाका एक जनाले उपचार सेवा लिएका छन् भने सबैभन्दा बढी चितवनका चार हजार ६६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस वर्ष भारतबाट आएका ५४८ जनाले उपचार सेवा लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य