काठमाडौँ | झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन्। जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बिक, सोही ठाउँकी २५ वर्षीया रविना बिक र १६ वर्षीया धनमाया बिक बिरामी भएको प्रहरीले जनाएको छ।
च्याउ खाएर गएराति बिरामी परेका उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनाबारे आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय सुरुङगामा जानकारी गराएपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।