काठमाडौँ | अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन्। गए राति तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र ताससहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।