2026-08-04 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रेम विवाहपछिको यातनाले निर्मम मृत्यु: जसको मृत्युले सपरिवारलाई पुर्‍यायो प्रहरी थुनामा

काठमाडौँ | कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्टको मृत्यु भएको ठिक एक हप्ता भयो । गएको आइतबार (साउन १८) बेलडाँडी गाउँपालिका–२, सिहपालटोलकी सम्झना आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

सम्झनाका आमाबुवाले उनको मृत्यु अस्वाभाविक भनेका छन् । उनीहरूले सम्झनाका श्रीमान्सहित सासू, ससुरा र सासूदिदीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, उनका बुवा हरिदत्त, आमा किरण र पवनकी दिदी पूजालाई पक्राउ गरेको छ । पूजालाई आइतबार (साउन २५) र परिवारका अरू सदस्यलाई सम्झनाको मृत्युको तेस्रो दिनमा पक्राउ गरेको हो । महाकाली अस्पतालमा गरिएको सम्झनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

सम्झनाका आमाबुवाको जाहेरीका आधारमा पवनको परिवारलाई पक्रेर अनुसन्धान गरिएको कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी खडक खत्रीले बताए ।

एसपी खत्रीले भने, ‘‘सम्झना उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । हत्या नै गरेको भन्ने त होइन्, तर सम्झना र उनको श्रीमान्‌बीचको सम्बन्ध राम्रो देखिएन । सासूससुराले पनि घरमा राम्रो व्यवहार नगर्नेजस्ता कुरा खुलेका छन् । हामी अनुसन्धान गर्दै छौँ ।’’

लामो समय प्रेम सम्बन्धमा रहेका सम्झना र पवनबीच गएको फागुनमा विवाह भएको थियो । बिहेपूर्व पनि उनीहरूबीचको सम्बन्ध राम्रो नभएको पत्ता लागेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–६ की सम्झना र पवन बिहे हुनुपूर्व समेत झैझगडा भएर प्रहरीमा आएका एसपी खत्रीले बताए ।

दुई वर्षअघि सम्झना आफूमाथि दुर्व्यवहार गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् । साउन १८ मा झुन्डिनुअघि समेत उनी इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेको खुलेको छ । त्यति बेला प्रहरीले श्रीमान्–श्रीमतीको झगडा भनेर सामान्य छलफल गराएर फर्काएको थियो ।

एसपी खत्रीले भने, ‘‘सम्झनाले आफूमाथि भएको दुर्व्यवहारबारे लिखित रूपमा प्रहरीमा निवेदन वा जाहेरी भने दिएकी थिइनन् । प्रहरी कार्यालयमा पुगेर मौखिक जानकारी गराएको देखिन्छ । प्रहरीले पनि त्यही हिसाबले श्रीमान्‌लाई सम्झाएको देखिन्छ ।’’

सम्झनाको मृत्युपछि भने प्रहरीले पवनका आमाबुवा र दिदीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

सम्झनाको माइतीपक्षले विवाहपछि दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक र मानसिक यातना दिने गरेको प्रहरीसमक्ष जिकिर गरेको छ । त्यही यातना र पारिवारिक दबाबका कारण घटना भएको आंशका छ ।

बेलडाँडी–२ का वडाध्यक्ष नारदसिंह अर्यालले सम्झनाको शव साउन १८ गते बिहान करिब १० बजे घरमा फेला परेको बताए । उनले भने, ‘‘सम्झना आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । भित्री कारण भने के हो मलाई पनि थाहा छैन । सम्झना कक्षा–१२ मा पढ्दै गरेकी र पवन पनि क्याम्पस पढ्दै गरेको भन्नेसम्म थाहा छ ।’’

घटनामा आत्महत्या दुरुत्साहनसम्बन्धी केही प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट