2026-07-24 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

उपमेयर छोरीले बुवाको किरिया बस्दा, दाजुभाइले बहिष्कार गरेको गुनासो

काठमाडौँ | बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल आफ्ना दिदीबहिनीसँगै ९१ वर्षीय बुवा हरिप्रसाद सापकोटाको किरिया बसेकी छिन्। आइतबार निधन भएका सापकोटाको किरियामा पाँच दिदीबहिनीमध्ये बिमला, राधिका र निर्मला सहभागी भए भने जेठी सुन्तली र माइली कमला स्वास्थ्य कारण उपस्थित भएनन्।

उपप्रमुख सापकोटाले सामाजिक सञ्जालमार्फत सानैमा आमा गुमाएपछि बुवाले दिएको माया र अभिभावकत्वको सम्झना गर्दै, छोरा नभएकै कारण बुवाले जीवनभर समाजको तिरस्कार सहनुपरेको खुलासा गरिन्। उनका अनुसार, मृत्युपश्चात् पनि बुवाको काजकिरियाको विषयमा समाजले ठूलो बहस र विभेदपूर्ण व्यवहार देखायो।

उनले केही दाजुभाइहरूले ढिकुरो बनाउन समेत नगई बहिष्कार गरेजस्तो व्यवहार गरेको आरोप लगाइन्। तर केही दाजुभाइले भने साथ दिएको भन्दै आभार व्यक्त गरिन्। उनले छरछिमेकमा भएको बहिष्कारका छलफलहरू तुरुन्तै रोक्न आग्रह गर्दै आफूहरू अरूको वंशमा हस्तक्षेप नगरेको स्पष्ट पारिन्।

सापकोटाले अबको १३ दिन बुवाको घरमा बसेर काजकिरिया सम्पन्न गर्ने र त्यसपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर फर्किने घोषणा गरेकी छिन्। यस घटनाले समाजमा अझै गहिरो रूपमा रहेको लैङ्गिक विभेद र परम्परागत सोचप्रति पुनः बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक