2026-11-01 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

उपमेयर छोरीले बुवाको किरिया बस्दा, दाजुभाइले बहिष्कार गरेको गुनासो

काठमाडौँ | बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल आफ्ना दिदीबहिनीसँगै ९१ वर्षीय बुवा हरिप्रसाद सापकोटाको किरिया बसेकी छिन्। आइतबार निधन भएका सापकोटाको किरियामा पाँच दिदीबहिनीमध्ये बिमला, राधिका र निर्मला सहभागी भए भने जेठी सुन्तली र माइली कमला स्वास्थ्य कारण उपस्थित भएनन्।

उपप्रमुख सापकोटाले सामाजिक सञ्जालमार्फत सानैमा आमा गुमाएपछि बुवाले दिएको माया र अभिभावकत्वको सम्झना गर्दै, छोरा नभएकै कारण बुवाले जीवनभर समाजको तिरस्कार सहनुपरेको खुलासा गरिन्। उनका अनुसार, मृत्युपश्चात् पनि बुवाको काजकिरियाको विषयमा समाजले ठूलो बहस र विभेदपूर्ण व्यवहार देखायो।

उनले केही दाजुभाइहरूले ढिकुरो बनाउन समेत नगई बहिष्कार गरेजस्तो व्यवहार गरेको आरोप लगाइन्। तर केही दाजुभाइले भने साथ दिएको भन्दै आभार व्यक्त गरिन्। उनले छरछिमेकमा भएको बहिष्कारका छलफलहरू तुरुन्तै रोक्न आग्रह गर्दै आफूहरू अरूको वंशमा हस्तक्षेप नगरेको स्पष्ट पारिन्।

सापकोटाले अबको १३ दिन बुवाको घरमा बसेर काजकिरिया सम्पन्न गर्ने र त्यसपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर फर्किने घोषणा गरेकी छिन्। यस घटनाले समाजमा अझै गहिरो रूपमा रहेको लैङ्गिक विभेद र परम्परागत सोचप्रति पुनः बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द