पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/>
2026-09-19 01:45 PM
पर्बत - PBT

रोट्याक्टको पिएस मिट सम्पन्न

पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणलाल श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले रोट्याकट क्लव यूवाहरुको ढूकढकी भएको वताउदै देशको यूवा शक्तिलाई सकारात्मक काममा लगाउनू राज्यको दायित्त भएको धारणा व्यक्त गरे । रोटरी, रोटेयाक्ट अन्तराष्ट्रिय क्लव भएता पनि यस्ले नेपालका विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनको धाराणा थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले समाजमा रोटरी, रोट्याक्टले महत्वपूर्ण योगदान पू¥याएको बताए । उनले क्लबले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासको लागि भुमिका निर्वाह गरेको भन्दै युवाहरुलाई परिचालन गर्न सके देशको विकासमा ठूलो टेवा पुग्ने बताए ।

कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले रोट्याक्ट क्लवले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले पिएस मिट पर्वतमा राखेर पर्वतको  पर्यटन प्रवर्धन, विकास मा अतुलनीय योग्दान गरेको बताए । 

रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले रोट्याक क्लव नेपालकै युवाहरुको उत्कृष्ठ संगठन हो भन्दै यस क्लवले समाजमा छरिएर रहेका यूवा शक्तिलाई एकत्रित गरि सकारात्मक काममा लगाएको उदाहरण दिदै पिएस मिटको शूभकामना दिए । उनले रोटरी क्वल अफ पर्वतले सन् २०११ मा स्पान्सोर गरेर स्थापना गरेको रोट्याक्ट क्लव अफ पर्वतले देशकै नमूना कार्यक्रम पिएस मिट पर्वतमा राख्न सफल भएकोमा धन्यावद समेत दिए ।

कार्यक्रमको अध्यक्षता रोट्याट नेपाल भूटानका डिआरआर हरिचन्द्र सत्यालले गरेका थिए । भने कार्यक्रमको संचालन रोट्याक्टर अन्तिम गूरुड र मिना खड्काले गरेका थिए । स्वागत रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले गरेका थिए । कार्यक्रममा ११८ रोट्याक्ट क्वलका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो