2026-09-26 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गर्भधारण, पीडा र अस्पताल बिनानै बच्चा जन्मिने -चीनको नयाँ चमत्कार के हो ?

काठमाडौँ | चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव महिलाको जस्तै कृत्रिम गर्भाशयमा भ्रूण पालेर जन्म दिन सक्नेछ।

कम्पनीका अनुसार यो प्रणाली एक वर्षभित्र बजारमा ल्याउने लक्ष्य राखिएको छ र यसको मूल्य एक लाख युआनभन्दा कम हुने अनुमान गरिएको छ। झाङका अनुसार रोबोटमा पेटमा फिट गरिने कृत्रिम गर्भाशयमा कृत्रिम एम्नियोटिक फ्लुइड हुनेछ र भ्रूणलाई नलीमार्फत पोषण दिइनेछ। यो प्रविधि इनक्यूबेटरभन्दा फरक हुने र गर्भदेखि जन्मसम्म भ्रूणको विकास सम्भव हुने दाबी गरिएको छ।

कम्पनीले यो प्रविधि विवाह नगर्ने वा जैविक गर्भधारण नचाहने युवाहरूलाई लक्षित गरेको बताएको छ। झाङका अनुसार यो परियोजना जनसंख्या घट्ने समस्या समाधानतर्फको एक पहल हो। यस सम्बन्धमा कम्पनीले ग्वाङडोङ प्रान्तका अधिकारीहरूसँग फोरम आयोजना गरी नैतिक तथा कानुनी पक्षमा नीति सुझाव पनि दिएको छ।

यस परियोजनाले मिश्रित प्रतिक्रिया पाएको छ। समर्थकहरूले यसलाई महिलामा पर्ने गर्भधारणको भौतिक बोझ कम गर्ने सकारात्मक कदमका रूपमा लिएका छन् भने आलोचकहरूले यसलाई नैतिकताको उल्लंघन र आमा बिना जन्म ‘क्रुर’ भएको टिप्पणी गरेका छन्।

चोसुन बिजका अनुसार चीनमा बाँझोपन दर २००७ मा ११.९ प्रतिशतबाट २०२० मा १८ प्रतिशत पुगेको छ। बेइजिङ र शाङ्घाईजस्ता शहरहरूले आर्टिफिसियल इनसेमिनेशन र आइभीएफलाई मेडिकल इन्स्योरेन्स अन्तर्गत समेट्न थालेका छन्।

२०२२ मा, जियाङ्सु प्रान्तको सुजोउ इन्स्टिट्युट अफ बायोमे्डिकल इन्जिनियरिङ एण्ड टेक्नोलोजीले एआई–आधारित ‘नेनी रोबोट’ विकास गरेको थियो, जसले कृत्रिम गर्भाशयमा भ्रूणको हेरचाह गर्थ्यो। तर चीनमा मानव भ्रूणलाई कृत्रिम गर्भाशयमा दुई हप्ताभन्दा बढी विकास गर्न कानुनी प्रतिबन्ध छ।

विशेषज्ञहरूले प्रविधि सफल भए पनि यसको दिगोपनाका लागि व्यापक नैतिक बहस, कडा कानुनी संरचना र सार्वजनिक सहमति आवश्यक रहेको चेतावनी दिएका छन्। परीक्षण र नियमनबिना यसको प्रयोग विवादास्पद रहने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह