पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ३१, बैतडी ।</b> भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । रासस </p>

