१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्तन क्यान्सरले सुमित्राको जीवन जोखिममा, पाँच छोराछोरीको विचल्ली

१ आश्विन २०७४, आईतवार ०५:२७

चिसाङ शेर्पा/असोज १, खोटाङ । ‘दैवले नि दुखीलाई नै दुःख दिन्छ’ भन्ने उखान खोटाङका एक दम्पत्तीलाई लागू हुंदा उनीहरुको भोकतिर्खा हराएको छ ।


परिवारको सल्लाहमा फरक क्षमता (कान नसुन्ने) केटासंग विवाह गरेका र भएको श्रीमानलाई जिवनभर साथ दिने कवुल गरी दाम्पत्य जिवन विताउँदै आएकी एक महिलाको सपना चकनाचुर भएको छ । रुपाकोट मझुवागढी नगरपालिका – १२ जालपा पुरानोगाउँका ३८ वर्षिय सुमित्रा राईलाई स्तन क्यान्सरको तेस्रो चरण भईसकेको थाहा भएपछि उनको सपना चकनाचुर भएको हो ।

५ जना छोराछोरीको आमालाई उमेरमै स्तन क्यान्सर भएपछि छोरोछारीहरुको विचल्ली भएको छ । वुवा कान नसुन्ने र आमाले घरमुलीको भुमिका निभाईरहंदा आमालाई नै दुई महिना अघिवाट स्तन क्यान्सर भएको पत्ता लागेपछि आमासहित वालवच्चाको विजोग भएको हो ।

निम्न आर्थिक स्थिती भएका सुमित्रा विरामी हुंदै गएपछि चेकअप गराउँदा स्तन क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको उनका ज्वाई युवाराज राईले बताए । गाउँमै सामान्य उपचार गर्दै बसेका राईलाई स्तन क्यान्सरको तेस्रो चरणको अवस्था भईसकेको भक्तपुर क्यान्सर अस्पतालका डाक्टरले जनाएको छ । 

सुमित्रालाई गाउँलेहरुको सहयोगमा हाल भक्तपुर क्यान्सर अस्पतालमा ६ पटक सम्म किमोथेरापी गर्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले तेस्रोपटकको फलोअप भैरहेको छ । रोग निर्मुलनका लागि किमोथेरापी मात्र पर्याप्त नहुने र तत्काल अपरेशन गरे राई पुर्णरुपमा ठिक हुने चिकित्सकहरुको भनाई छ । 

यधपि, कमाई गर्ने श्रीमान नै कान नसुन्ने र छोराछोरीहरु सानै भएकाले परिवारवाट पैसा जुटाउन नसक्ने अवस्था रहेको सुमित्राका देवर जट्ट वहादुर राईले जानकारी दिनुभयो । ‘गाउँले लगायत शुभचिन्तकहरुवाट संकलन गरिएको डेढ लाख रकम किमोथेरापी, औषधी सेवन गर्नमा ठिक्क भएको छ । अव कहाँवाट पैसा जुटाउने र भाउजुको अपरेशन गर्ने होला ।’ देवर राईले थपे ।

अस्पतालका अनुसार उनको अपरेशन गर्नका लागि सातदेखी आठलाख लाग्ने भएको छ । सवैको सहयोग पाए सुमित्राले पुनः जिवन पाउने र नानीहरुकोे भविष्य वन्नमा मद्दत पुग्ने ज्वाई युवाराजले बताए । 

आर्थिक अभावमा गुज्रिएको परिवारले जिवन वचाउँका लागि सवैमा सहयोगको अपिल गरेका छन् । सहयोगीहरुले नेपाल राष्ट्र वाणिज्य वैंक दिक्तेलमा रहेको जनसेवा समाज जालपाको खाता नम्बर २०६०००१५४६०१ मा जम्मा गर्न सकिने व्यवस्था मिलाईएको परिवारले जनाएको छ । विरामीलाई ९८१५७७९०३५ नम्वरमा सिधा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह