2026-10-22 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जब आमाले नै भनिन् – “जति गोली हान्नुपर्छ हान, तर आज बच्न नपाओस्”

काठमाडौँ| यो यस्तो हत्या प्रकरण हो, जहाँ आफ्ना सन्तानले नै आमाको मुख हेर्न चाहेनन्। पतिले पत्नीका अनेक गल्ती माफ गर्दै गए ताकि बच्चाको भविष्य राम्रो होस्। ति माफी नै पतिको मर्नुपर्ने कारण बन्यो, हत्या गरिदिए।

उत्तर प्रदेशको अलीगढको बरला क्षेत्रमा भएको सुरेश हत्या काण्डमा नयाँ तथ्यहरू बाहिर आएका थिए। बरला सीओ गर्वित सिंहका अनुसार सुरेशको हत्या हुनु भन्दा पहिले उसकी पत्नी बीना र प्रेमी मनोजबीच निरन्तर फोनमा कुरा भइरहेको थियो।

बीना आफ्ना पतिको लोकेशन मनोजलाई दिइरहेकी थिइन्। घटनाको ठीक अघि बीनाले नै पतिलाई घर बाहिर बस्न पठाएकी थिइन्। जब मृतकका दाजु विजय गोली चलेको आवाज सुनेर त्यहाँ पुगे, त्यतिबेला बीना मनोजलाई भनिरहेकी थिइन्, “जति गोली हान्नुपर्छ हान, तर आज बच्न नपाओस्।’’

बीना र मनोजको यो सम्बन्ध आठ वर्षदेखि चलिरहेको रहेछ। तर पति सुरेशले आफ्नो पत्नीको धोकापनलाई केवल बच्चाहरूको भविष्यकै कारण सहिरहेका रहेछन्। यो कुरा घटनापछि भएको प्रहरी अनुसन्धानमा खुलासा भएको थियो।

आरोपी मनोजको मोबाइलमा बीना र उसको आपत्तिजनक फोटो–भिडिओ देखेर प्रहरी अधिकारीहरू समेत अचम्भित भए। यी सबै प्रमाणलाई प्रहरीले मुद्दाको आधार मजबुत बनाउन अनुसन्धानमा समावेश गरिदियो।

सुरेशलाई पत्नीका विवाहेत्तर सम्बन्धबारे पहिले नै थाहा थियो। यस विषयमा पटक–पटक गाउँमा पंचायत समेत भएको थियो। सुरेशले मनोजविरुद्ध थानामा उजुरी समेत दिएका थिए। तर, बीनाले हरेकचोटि मनोजको पक्ष लिएकी हुँदा प्रहरीले पनि कुनै कारबाही गर्न सकेन। यदि त्यतिबेला कारबाही भएको भए सम्भवतः हत्या जस्तो चरम नतिजा आउँदैनथ्यो।

तर, यी सबैका बाबजुद सुरेशले आफ्नी पत्नीलाई केवल बच्चाहरूको लागि निभाइरहे। तर बीनाले भने पतिलाई बाटोबाट हटाउने योजनै बनाएकी थिइन्। एसपी देहात अमृत जैनका अनुसार आरोपीको मोबाइलमा आपत्तिजनक तस्बिर–भिडिओ भेटिएका थिए। जसले यो प्रेम सम्बन्ध लामो समयदेखि चलिरहेको पुष्टि गरेको थियो। साथै, अनुसन्धानमा अन्य व्यक्तिको संलग्नता देखिएमा उनीहरूलाई समेत आरोपी बनाउन सकिने बताइएको थियो।

हत्या र हमला सम्बन्धी मुद्दा दर्ता गरियो अनि बीना र मनोजलाई जेल पठाइयो।

मनोज दुई भाइमध्ये कान्छो हो। ठूला भाइसँगै बस्ने मनोजको परिवारले घटनापछि पूरै मौनता अख्तियार गरेको थियो। प्रहरीले परिवारसँग कुरा गरे पनि न त परिवारका सदस्य बाहिर आए, न त थानामा पुगेर मनोजको हालखबर लिने प्रयास गरे।

बीना आफ्नो पति सुरेशलाई आठ वर्षदेखि धोखा दिइरहेकी थिइन्। दिल्लीमा सुरक्षा गार्डको जागिर गर्ने सुरेश कहिले हप्तामा, कहिले दश दिनमा एकचोटि मात्र घर आउँथे।

तीन सन्तानकी आमा बीनाले आफ्ना बच्चा र पतिलाई सुताउन कहिलेकाहीँ खानामा निद्राको गोलीसमेत खुवाउँथिन्, ताकि उनी आफ्नो प्रेमीसँग भेट्न सकून्।

पिताको हत्या पछि विद्यालयबाट थानामा पुगेका तीनै बच्चाहरूले प्रहरीलाई भनेका थिए, “हाम्रो आमालाई जेल पठाइदेऊ।’’

सुरेश (३२) र बीना (३०) को विवाह करिब १२ वर्षअघि भएको थियो। उनीहरूका तीन सन्तान छन्। १० वर्षीय नितेश, ८ वर्षीय पुनीत र ६ वर्षीया रोशनी। सुरेश दिल्लीमा जागिर गर्थे भने बीना गाउँमै बस्ने गर्थिन्। बीनाको प्रेम सम्बन्ध छिमेकी मनोजसँग भयो, जसले गाउँमै किराना पसल चलाउँथ्यो।
यस सम्बन्धका कारण गाउँमा पटक–पटक पंचायत बसेर दुवैलाई अलग रहन आदेश दिइएको थियो। तर उनीहरू राति वा गाउँ बाहिर गुपचुप भेटिरहे।
जाँचका क्रममा प्रस्ट भएको छ कि यी दुवैलाई प्रहरीले एक पटक होटलमा आपत्तिजनक अवस्थामा पक्रेको थियो। तर बीनाले प्रहरीलाई सम्झाएर मनोजलाई छुटाएकी थिइन्।

दिल्लीमा पनि एकपटक दुवै पक्राउ परे तर बीनाले फेरि बचाएकी थिइन्। गाउँमै दुबैलाई आपत्तिजनक अवस्थामा पक्रिएको थियो। तर हरेक पटक बीनाले मनोजको पक्ष लिएकी थिइन्।

घटनाको दिन
बिहान सुरेश घरको आँगनमा बसेर मोबाइल चलाइरहेका बेला मनोजले उनको छातीमा गोली हाने। दाजु विजयले मनोजलाई रोक्न खोज्दा उसले विजयमाथि पनि गोली चलायो, बिजयको कानमा गोली लाग्यो।

हत्या अघि बीनाले जबर्जस्ती तीनै बच्चालाई विद्यालय पठाएकी थिइन्। बच्चाहरूले भने “बाबा दिल्ली जान लाग्नुभएको छ, हामी आज घरमै बस्छौं’’ भनेका थिए। तर आमाले जबर्जस्ती विद्यालय पठाइन्।

प्रहरी अनुसन्धान अनुसार, बीना र मनोजले सुरेशको हत्या गर्न दुई वटा योजना बनाएका थिए। पहिलो योजना राति खानामा निद्राको गोली दिएर घाँटी थिचेर हत्या गर्ने थियो। तर त्यो असफल भयो। त्यसपछि बीनाले मनोजलाई बन्दुक (तमञ्चा) दिएर भनिन्, “सुरेशलाई गोली हानेर मार, यति गोली हान कि बच्नै नपाओस्।’’

बिहान करिब ९ः३० बजे मनोज तमञ्चा लिएर थानामा पुगेर आत्मसमर्पण गरे र आफ्नो अपराध स्वीकार गरेका थिए। केही समयपछि बीना पनि पक्राउ परिन्। यस्तो भयानक घटना र अचम्मित पार्ने हत्या प्रकरणले गाउँ नै स्तब्ध बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ