२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जब आमाले नै भनिन् – “जति गोली हान्नुपर्छ हान, तर आज बच्न नपाओस्”

३ भाद्र २०८२, मंगलवार १३:३५

काठमाडौँ| यो यस्तो हत्या प्रकरण हो, जहाँ आफ्ना सन्तानले नै आमाको मुख हेर्न चाहेनन्। पतिले पत्नीका अनेक गल्ती माफ गर्दै गए ताकि बच्चाको भविष्य राम्रो होस्। ति माफी नै पतिको मर्नुपर्ने कारण बन्यो, हत्या गरिदिए।

उत्तर प्रदेशको अलीगढको बरला क्षेत्रमा भएको सुरेश हत्या काण्डमा नयाँ तथ्यहरू बाहिर आएका थिए। बरला सीओ गर्वित सिंहका अनुसार सुरेशको हत्या हुनु भन्दा पहिले उसकी पत्नी बीना र प्रेमी मनोजबीच निरन्तर फोनमा कुरा भइरहेको थियो।

बीना आफ्ना पतिको लोकेशन मनोजलाई दिइरहेकी थिइन्। घटनाको ठीक अघि बीनाले नै पतिलाई घर बाहिर बस्न पठाएकी थिइन्। जब मृतकका दाजु विजय गोली चलेको आवाज सुनेर त्यहाँ पुगे, त्यतिबेला बीना मनोजलाई भनिरहेकी थिइन्, “जति गोली हान्नुपर्छ हान, तर आज बच्न नपाओस्।’’

बीना र मनोजको यो सम्बन्ध आठ वर्षदेखि चलिरहेको रहेछ। तर पति सुरेशले आफ्नो पत्नीको धोकापनलाई केवल बच्चाहरूको भविष्यकै कारण सहिरहेका रहेछन्। यो कुरा घटनापछि भएको प्रहरी अनुसन्धानमा खुलासा भएको थियो।

आरोपी मनोजको मोबाइलमा बीना र उसको आपत्तिजनक फोटो–भिडिओ देखेर प्रहरी अधिकारीहरू समेत अचम्भित भए। यी सबै प्रमाणलाई प्रहरीले मुद्दाको आधार मजबुत बनाउन अनुसन्धानमा समावेश गरिदियो।

सुरेशलाई पत्नीका विवाहेत्तर सम्बन्धबारे पहिले नै थाहा थियो। यस विषयमा पटक–पटक गाउँमा पंचायत समेत भएको थियो। सुरेशले मनोजविरुद्ध थानामा उजुरी समेत दिएका थिए। तर, बीनाले हरेकचोटि मनोजको पक्ष लिएकी हुँदा प्रहरीले पनि कुनै कारबाही गर्न सकेन। यदि त्यतिबेला कारबाही भएको भए सम्भवतः हत्या जस्तो चरम नतिजा आउँदैनथ्यो।

तर, यी सबैका बाबजुद सुरेशले आफ्नी पत्नीलाई केवल बच्चाहरूको लागि निभाइरहे। तर बीनाले भने पतिलाई बाटोबाट हटाउने योजनै बनाएकी थिइन्। एसपी देहात अमृत जैनका अनुसार आरोपीको मोबाइलमा आपत्तिजनक तस्बिर–भिडिओ भेटिएका थिए। जसले यो प्रेम सम्बन्ध लामो समयदेखि चलिरहेको पुष्टि गरेको थियो। साथै, अनुसन्धानमा अन्य व्यक्तिको संलग्नता देखिएमा उनीहरूलाई समेत आरोपी बनाउन सकिने बताइएको थियो।

हत्या र हमला सम्बन्धी मुद्दा दर्ता गरियो अनि बीना र मनोजलाई जेल पठाइयो।

मनोज दुई भाइमध्ये कान्छो हो। ठूला भाइसँगै बस्ने मनोजको परिवारले घटनापछि पूरै मौनता अख्तियार गरेको थियो। प्रहरीले परिवारसँग कुरा गरे पनि न त परिवारका सदस्य बाहिर आए, न त थानामा पुगेर मनोजको हालखबर लिने प्रयास गरे।

बीना आफ्नो पति सुरेशलाई आठ वर्षदेखि धोखा दिइरहेकी थिइन्। दिल्लीमा सुरक्षा गार्डको जागिर गर्ने सुरेश कहिले हप्तामा, कहिले दश दिनमा एकचोटि मात्र घर आउँथे।

तीन सन्तानकी आमा बीनाले आफ्ना बच्चा र पतिलाई सुताउन कहिलेकाहीँ खानामा निद्राको गोलीसमेत खुवाउँथिन्, ताकि उनी आफ्नो प्रेमीसँग भेट्न सकून्।

पिताको हत्या पछि विद्यालयबाट थानामा पुगेका तीनै बच्चाहरूले प्रहरीलाई भनेका थिए, “हाम्रो आमालाई जेल पठाइदेऊ।’’

सुरेश (३२) र बीना (३०) को विवाह करिब १२ वर्षअघि भएको थियो। उनीहरूका तीन सन्तान छन्। १० वर्षीय नितेश, ८ वर्षीय पुनीत र ६ वर्षीया रोशनी। सुरेश दिल्लीमा जागिर गर्थे भने बीना गाउँमै बस्ने गर्थिन्। बीनाको प्रेम सम्बन्ध छिमेकी मनोजसँग भयो, जसले गाउँमै किराना पसल चलाउँथ्यो।
यस सम्बन्धका कारण गाउँमा पटक–पटक पंचायत बसेर दुवैलाई अलग रहन आदेश दिइएको थियो। तर उनीहरू राति वा गाउँ बाहिर गुपचुप भेटिरहे।
जाँचका क्रममा प्रस्ट भएको छ कि यी दुवैलाई प्रहरीले एक पटक होटलमा आपत्तिजनक अवस्थामा पक्रेको थियो। तर बीनाले प्रहरीलाई सम्झाएर मनोजलाई छुटाएकी थिइन्।

दिल्लीमा पनि एकपटक दुवै पक्राउ परे तर बीनाले फेरि बचाएकी थिइन्। गाउँमै दुबैलाई आपत्तिजनक अवस्थामा पक्रिएको थियो। तर हरेक पटक बीनाले मनोजको पक्ष लिएकी थिइन्।

घटनाको दिन
बिहान सुरेश घरको आँगनमा बसेर मोबाइल चलाइरहेका बेला मनोजले उनको छातीमा गोली हाने। दाजु विजयले मनोजलाई रोक्न खोज्दा उसले विजयमाथि पनि गोली चलायो, बिजयको कानमा गोली लाग्यो।

हत्या अघि बीनाले जबर्जस्ती तीनै बच्चालाई विद्यालय पठाएकी थिइन्। बच्चाहरूले भने “बाबा दिल्ली जान लाग्नुभएको छ, हामी आज घरमै बस्छौं’’ भनेका थिए। तर आमाले जबर्जस्ती विद्यालय पठाइन्।

प्रहरी अनुसन्धान अनुसार, बीना र मनोजले सुरेशको हत्या गर्न दुई वटा योजना बनाएका थिए। पहिलो योजना राति खानामा निद्राको गोली दिएर घाँटी थिचेर हत्या गर्ने थियो। तर त्यो असफल भयो। त्यसपछि बीनाले मनोजलाई बन्दुक (तमञ्चा) दिएर भनिन्, “सुरेशलाई गोली हानेर मार, यति गोली हान कि बच्नै नपाओस्।’’

बिहान करिब ९ः३० बजे मनोज तमञ्चा लिएर थानामा पुगेर आत्मसमर्पण गरे र आफ्नो अपराध स्वीकार गरेका थिए। केही समयपछि बीना पनि पक्राउ परिन्। यस्तो भयानक घटना र अचम्मित पार्ने हत्या प्रकरणले गाउँ नै स्तब्ध बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै