Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्याजको भाउ बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा मंगलबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।साउन पहिलो साता प्याज प्रतिकिलो ४५ देखि ४८ रुपैयाँमा किनबेच भएको थियो । यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो । प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।