2026-09-19 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्थ अभावले दृष्टिविहीन युवतीको उपचारमा समस्या

असोज १, पर्वत। यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ । 

दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले रु १० हजार धरौटी मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन । पीडित खातुन अस्पतालको शै्ययामा छट्पटाइरहँदा उनका बाबु मोहम्मद अब्दूर रहमन दाताको खोजीका लागि विभिन्न स्थानमा धाइरहेका छन् । 

“सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन”, उहाँले भन्नुभयो “छोरीलाई १० हजार रुपैयाँ जुटाउन सके पनि धेरै सहयोग हुने थियो । ” उहाँले छोरीका लागि अस्पतालले रकम छुट गरेर रु १० हजार मात्रै माग्दा पनि आफूले उपलब्ध गराउन नसकेको दुखेसो गर्नुभयो । बीसवर्षीय लैलाका शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि सहयोग प्रदान गर्न सहयोगदातासमक्ष आग्रह गर्नुभएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो