९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

धुलिखेल–खावा सडकखण्डमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध

५ भाद्र २०८२, बिहीबार १२:०२

काठमाडौँ | अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८, ठकुरीगाउँस्थित चन्दडाँडामा बिहीबार बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन रोकिएका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किएका छन् । प्रहरी र स्थानीयवासीले सडक खुलाउन प्रयास गरिरहेका छन् । साथै, डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको भए पनि सुक्खा माटो र ढुंगाको ठूलो थुप्रो भएकाले सडक सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ ।

यातायात अवरुद्ध हुँदा काठमाडौँ हुँदै दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका भित्रिने–निस्कने सवारी रोकिएका छन्, जसका कारण यात्रुहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा