२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सुदुरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै,

२०७४, १ आश्विन आईतवार ०९:२३

लोकेन्द्र प्रशाद जोशी | असोज १, दार्चुला । दार्चुला लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिमा मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिमका जिल्लामा धुमधामका साथ मनाईँदै छ । 

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठलाले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको वेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने धार्मीक बिस्वास रहेको छ ।

जासुसी राक्षस पुतना दहनका लागि आज साँझ सबै घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलनसमेत रहेको छ ।

साँझ आकासमा तारा चम्केपछि मात्रै राक्षसी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहेको स्थानिय संस्कृतिका जानकार लेकम गाउँपालीका ५ मैखोलीका इन्द्रदेब जोशीले बताउँनुभयो ।

बूढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने गर्दछन र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान समेत गर्छन् ।

यो पर्व सुदूरपश्चिमको पहाडी जिल्लाका साथै छिमेकी देश भारतको उत्तराञ्चलका कुमाउ गढवालमा  पनि मनाइने गरिन्छ । तर पछिल्लो समयमा बुढी पोल्ने पर्बको रौनकता बिगत बर्षहरुको तुलनामा घटदै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा