Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियामा पहिलोपटक अख्वारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

Akkhwari

प्रभात सुवेदी । कात्तिक २९, बर्दिया । थारु भाषामा पछिल्लो समयमा साहित्यिक चिन्तनले स्थान लिँदै गएपनि नियमित रुपमा पत्रिका प्रकाशनको बर्दियामा नयाँ ईतिहास कायम गर्दे पहिलोपटक ‘अख्वारी’ को प्रकाशन गरी आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ ।

पत्रिकाको लोकार्पण गर्नुहुँदै थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषामा पत्रिका प्रकाशनको अभाव भैरहेको अवस्थामा अख्वारीको आगमनले अझ उत्साह बढाएको र यसको निरन्तताका लागि योजना बनाएर लाग्नका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा थारु साहित्य र यसको विविध आयामहरुका बारेमा छलफल समेत गरिएको थियो । छलफलबाट थारु समुदाय आफैले नै अध्ययन, चिन्तन लेखन प्रकाशन योजना बनाउने र मौलिक संस्कृतिहरुको जगेर्नाका लागि स्वप्रयास गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।

लोकार्पण कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारालाल श्रेष्ठ लगायतले थारु जातिको बाहुल्य रहेको बर्दियामा जिल्लामा थारु भाषामा पत्रिका प्रकाशन हुनुले थारु जातिको भाषा, संस्कृतिको संरक्षण र बिकासमा टेवा पुग्ने अपेक्षा गर्नुभएको थियो । कार्यक्रम गुलरिया नगरपालिका वडा नं. –६ सुहेलुवा गाउँमा अवस्थित थारु संग्राहलयमा सम्पन्न गरिएको हो ।