२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको मुम्बईमा चारतल्ले भवन भत्किँदा १५ जनाको मृत्यु

२०८२, १२ भाद्र बिहीबार १३:४१

काठमाडौँ | भारतको मुम्बईस्थित विरारमा चारतल्ले भवन भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बुधवार अबेर राति भएको घटनामा जन्मदिन मनाइरहेकी १ वर्षीया बालिकाको पनि देहान्त भएको छ । घटनामा ९ अन्य व्यक्ति घाइते भएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार, १३ वर्षअघि बनेको भवनको चौथो तल्लामा जन्मदिनको पार्टी चलिरहेको बेलामा मध्यरात भएपछि एकातर्फका १२ वटा फ्ल्याटहरू भत्केका थिए । ती फ्ल्याटहरू नजिकैको बस्तीमा ठोकिन पुगेका थिए । भवनका कैयौं निवासी र पाहुनाहरू भग्नावशेषमा पुरिएका थिए । नेशनल डिजास्टर रेस्पोन्स फोर्सका कर्मचारीहरूले रातभरि उद्धारकार्य जारी राखेका थिए । उनीहरूले भग्नावशेषबाट जीवित रहेका व्यक्तिका साथै लाशहरू पनि निकालेका थिए ।

उक्त भवनमा ५० भन्दा बढी परिवार बस्दछन् । अधिकारीहरूका अनुसार, त्यो सुरक्षा स्वीकृति नलिएको अवैध भवन हो । मुम्बईमा असुरक्षित भवनहरूले जिउज्यान जोखिममा पार्ने गरेको भनी चेतावनी जारी हुँदै आएका छन् । तर, सामान्य परिवारका मानिस सुरक्षित विकल्पको अभावमा यस्ता भवनमा बस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते