१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिंगको एक स्वास्थ्यचौकीमा सिटामोलको आभाव

२ आश्विन २०७४, सोमबार ०६:४८

असोज २,धादिङ। महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ । 

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आउनुभएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताउनुभयो । घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला हुनुभएको थियो । 

सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत् अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन । सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो । स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहनुभएकी सूर्यमायाले बताउनुभयो । 

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफै हिँडेर गाउँ पुग्नुभएको थियो । चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन कष्टकर छ । (रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह