१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदी शाखा गठन, अध्यक्षमा बिष्णु घिमिरे

१६ भाद्र २०८२, सोमबार १०:१६

काठमाडौँ । साउदी अरेबियामा अन्तर्राष्ट्रिय पत्रकार महासंघको शाखा गठन भएको छ भने साउदी अध्यक्षमा बिष्णु घिमिरे सर्बसहमतीमा चयन भएका छन । कार्यसमितीमा अमर सापकोटा प्रमुख सल्लाहकार सुन्जित तामाङ उपाध्यक्ष, राजु खनाल महासचिव, अन्जान गुभाजु कोषाध्यक्ष, राज चेम्जोङ लिम्बु -सचार तथा अनुशासन संयोजक, लोकेन्द्र खड्का प्रवक्तामा चयन भएका छन् भने सदस्यहरुमा रमजान दिन मियाँ, लाल बहादुर शिर्पाली , नेत्र न्यौपाने , देबी बहादुर कार्की , तुलसी राम आचार्य रहेका छन् ।

फिजाको केन्द्रीय कार्यालयसँग परामर्श र सहमति लिएर साउदी अरेबियामा कार्यरत पत्रकारहरूको भेलाबाट गठन गरिएको नयाँ शाखा कार्यसमितिलाई औपचारिक केन्द्रबाट समेत अनुमोदन गरिनुको साथै साउदीमा रहेको नेपाली दुतावास रियाद, बाणिज्यदूत जेद्दालाई समेतलाई जानकारी गराईएको छ । संस्थाको विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै गठन गरिएको यस शाखाले साउदी अरेबियामा रहेका पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकारिता, पत्रकार र मिडियाहरुसंग सम्बन्धी गतिविधि सञ्चालन गर्नेछ भने फिजाको केन्द्रको निर्णय अनुसार, नयाँ कार्यसमितिले पत्रकारिताको धर्म, मर्म र महासंघका उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्ने रहेको छ ।

फिजाका केन्द्रीय अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले साउदी अरेबिया शाखाका अध्यक्ष बिष्णु घिमिरेसहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले शाखाले पत्रकारहरूको हकहित संरक्षण, पत्रकारिता गतिविधिलाई सशक्त बनाउन र अन्तर्राष्ट्रिय पत्रकार महासंघको लक्ष्य–उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनमहत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष बिष्णु घिमिरेका अनुसार संस्थाको बिधी विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै साउदीमा रहेको नेपाली दुतावास, बाणिज्यदूत तथा नेपाली समुदाय बीच एकरुपता भएर काम गर्ने बताए भने बिशेष गरि नेपाल श्रमिकहरूको हकहित र आवश्यकता अनुसार सञ्चार क्षेत्रबाट सहयोग गर्ने बताए । साथै साउदीमा पहिलोपटक पत्रकार महासंघ गठन भएकोले केन्द्रबाट नै दुतावास, बाणिज्यदूत लाई आधिकारिक पत्र समेत प्राप्त भएको जानकारी दिए। साथै विभिन्न मिडियाहरुसंग सहकार्य गदै छुटेका मिडीयालाई थप संगठनमा आबद्ध गराउनुको साथै मिडियाको रुपमा काम गरी बसेका मिडियाकर्मीलाई आवश्यक अनुसार आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरी काम गदै जाने र यस सङ्गठनमा सम्बन्धित देशमा मिडीयाको रुपमा काम गरि बसेका बिभिन्न मुलुकका पत्रकारलाई आबद्ध समेत हुने ब्यवस्थ रहेको बताए । काभ्रेपलान्चोक पनौती कुशादेबी घिमिरे गाउँमा जन्मिएका घिमिरे बिगत १४ बर्ष देखी साउदीमा कार्यरत छन भने ८ बर्ष देखी अन्नपूर्ण मिडीयामा समेत कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार