2026-09-13 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदी शाखा गठन, अध्यक्षमा बिष्णु घिमिरे

काठमाडौँ । साउदी अरेबियामा अन्तर्राष्ट्रिय पत्रकार महासंघको शाखा गठन भएको छ भने साउदी अध्यक्षमा बिष्णु घिमिरे सर्बसहमतीमा चयन भएका छन । कार्यसमितीमा अमर सापकोटा प्रमुख सल्लाहकार सुन्जित तामाङ उपाध्यक्ष, राजु खनाल महासचिव, अन्जान गुभाजु कोषाध्यक्ष, राज चेम्जोङ लिम्बु -सचार तथा अनुशासन संयोजक, लोकेन्द्र खड्का प्रवक्तामा चयन भएका छन् भने सदस्यहरुमा रमजान दिन मियाँ, लाल बहादुर शिर्पाली , नेत्र न्यौपाने , देबी बहादुर कार्की , तुलसी राम आचार्य रहेका छन् ।

फिजाको केन्द्रीय कार्यालयसँग परामर्श र सहमति लिएर साउदी अरेबियामा कार्यरत पत्रकारहरूको भेलाबाट गठन गरिएको नयाँ शाखा कार्यसमितिलाई औपचारिक केन्द्रबाट समेत अनुमोदन गरिनुको साथै साउदीमा रहेको नेपाली दुतावास रियाद, बाणिज्यदूत जेद्दालाई समेतलाई जानकारी गराईएको छ । संस्थाको विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै गठन गरिएको यस शाखाले साउदी अरेबियामा रहेका पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकारिता, पत्रकार र मिडियाहरुसंग सम्बन्धी गतिविधि सञ्चालन गर्नेछ भने फिजाको केन्द्रको निर्णय अनुसार, नयाँ कार्यसमितिले पत्रकारिताको धर्म, मर्म र महासंघका उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्ने रहेको छ ।

फिजाका केन्द्रीय अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले साउदी अरेबिया शाखाका अध्यक्ष बिष्णु घिमिरेसहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले शाखाले पत्रकारहरूको हकहित संरक्षण, पत्रकारिता गतिविधिलाई सशक्त बनाउन र अन्तर्राष्ट्रिय पत्रकार महासंघको लक्ष्य–उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउनमहत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष बिष्णु घिमिरेका अनुसार संस्थाको बिधी विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै साउदीमा रहेको नेपाली दुतावास, बाणिज्यदूत तथा नेपाली समुदाय बीच एकरुपता भएर काम गर्ने बताए भने बिशेष गरि नेपाल श्रमिकहरूको हकहित र आवश्यकता अनुसार सञ्चार क्षेत्रबाट सहयोग गर्ने बताए । साथै साउदीमा पहिलोपटक पत्रकार महासंघ गठन भएकोले केन्द्रबाट नै दुतावास, बाणिज्यदूत लाई आधिकारिक पत्र समेत प्राप्त भएको जानकारी दिए। साथै विभिन्न मिडियाहरुसंग सहकार्य गदै छुटेका मिडीयालाई थप संगठनमा आबद्ध गराउनुको साथै मिडियाको रुपमा काम गरी बसेका मिडियाकर्मीलाई आवश्यक अनुसार आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरी काम गदै जाने र यस सङ्गठनमा सम्बन्धित देशमा मिडीयाको रुपमा काम गरि बसेका बिभिन्न मुलुकका पत्रकारलाई आबद्ध समेत हुने ब्यवस्थ रहेको बताए । काभ्रेपलान्चोक पनौती कुशादेबी घिमिरे गाउँमा जन्मिएका घिमिरे बिगत १४ बर्ष देखी साउदीमा कार्यरत छन भने ८ बर्ष देखी अन्नपूर्ण मिडीयामा समेत कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले