खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु

साझासवाल
1 Min Read

काठमाडौँ | झापामा माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ कचनकवल गाउँपालिका-२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारु राजवंशीको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राजवंशीको आफ्नो घर नजिकै रहेको झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाई छ। उनको शव पोस्टमार्टमका लागि भद्रपुर अस्पतालमा राखिएको र घटनावारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

Share This Article