प्रभात सुवेदी/ पुस, बर्दिया । कालिका युवा समूह तथा सिविन नेपाल बर्दियाको आयोजनामो आयोजनामा कालिकामा व्यक्तिगत मनोसामाजिक विमर्श स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा श्री विद्या ज्योति उच्च माध्यमिक विद्यालय कण्ठपुरमा सञ्चालन गरिएको मनोसामाजिक मनोविमर्श सेवाबाट आज ६ जना महिला लाभान्वित भएका छन् ।
कार्यक्रममा मनोविमर्शदाता संगीता थापाले विमर्श सेवा प्रदान गर्नुभएको थियो । पौष २० गते आइतबार कालिका गाउँविकास समितिको वडा नं. १मा सामुदयायिक स्तरीतय मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिने सिविन बर्दियाले जनाएको छ ।
सिविन नेपाल बर्दियाले विगत लामो समयदेखि नै बालविवाह, यौनहिंसा, बेचविखन जस्ता मुद्दाहरुका सवालमा कार्य गर्र्दै आएको जिल्ला परियोजना अधिकृत प्रमेश बादेले बताउनुभयो ।