१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको नुनथलामा ‘बुद्ध जिताऔं अभियान सञ्चालन’

२ आश्विन २०७४, सोमबार १४:०३

चिसाङ शेर्पा/असोज २, खोटाङ । नेपालमा भईरहेको सबैभन्दा ठूलो सांगितिक रियालटिी सो ‘नेपाल आईडल’का प्रर्तिस्पर्धी बुद्ध लामालाई ग्राण्ड फिनालेमा जिताउन खोटाङको नुनथलामा भोट गर्ने/गराउने कार्य तिव्र पारिएको छ । 


एपी वन टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आईडलका ३ आईडल मध्येका लामालाई अत्याधिक भोट गरिदिन घरदैलो अभियान सुरु गरिएको हो । 

आगामी शुक्रवार कतारको दोहास्थित सनया ग्राण्डमलको एमपी थियटरमा हुने ग्राण्ड फिनालेमा बुद्धलाई ‘नेपाल आईडल’ बनाउँनका लागि रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का साविकका सवै वडाहरुमा बुद्धका लागि भोट गरिदिन आमावुवा, दाजुभाई, दिदीवहिनीहरुमा अनुरोध गरिएको अभियानका अभियान्ता विशाल तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार यो शिलसिला शुक्रवार ५ वजेसम्म चल्नेछ ।

आईडलका ३ प्रर्तिस्पर्धी बुद्ध लामा, प्रताप दास र निशान भट्टराईका लागि गत विहीवार राती ९ ः ४५ वजेवाट आगामी शुक्रवार साँझ पाँज वजेसम्म भोट खुला गरिएको छ । बुद्धका लागि भोट गर्न मोवाईलको म्यासेज वक्समा लामाको भोटिङ कोड ०३ टाईप गरी ३५२२५ मा सेण्ड गरेर भोट गर्न सकिन्छ । विदेशवाट नेपाल आईडलको फिनाली एप डाउनलोड गरी एउटा एपवाट ५० वटा भोट गर्न सकिने व्यवस्था छ । 


दर्शकहरुको अत्याधिक भोट पाएर टप थ्रीमा पुगेका बुद्धलाई सक्दो भोट गरेर नेपालको ‘नेपाल आईडल’ बनाईदिन स्थानीयवासी समक्ष अपिल गरिएको नेपाली कांग्रेस नुनथलाका अध्यक्ष जगविर तामाङले बताए । 

अनेस्क वान इन्टरनेसनल क्यानडा र एभरेस्ट युथ एशोशिएसन कतारको संयुक्त आयोजनामा नेपाल आइडलको फिनाले शुक्रवार दोहास्थित सनया ग्राण्डमलको एमपी थियटर कतारमा हुँदैछ । त्यहाँ १५ हजार दर्शक अटने क्षमता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह