2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा परिवार नियोजनको साधन प्रयोगकर्ता बढ्दै

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । दार्चुला जिल्लामा विगत बर्षहरुको तुलनामा विवाहित परिवार नियोजन साधन प्रयोगकर्ता बढेका छन् । 

आर्थिक वर्ष ०७२।०७३ को तुलनामा आर्थिक वर्ष ०७३।०७४ मा झण्डै ११ प्रतिशत प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले चौथो परिवार नियोजन दिवसको अवसरमा सो तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार आर्थिक वर्ष ०७२।०७३ मा २७ दशमलव ७२ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७३।०७४ मा बढेर ३८  दशमलव ७० प्रतिशत पुगेको छ ।

यस वर्ष व्यवस्थित परिवार स्वस्थ्य र विकासको आधार भन्ने मूल नाराका साथ जिल्लाका ९ वटै स्थानीय तहमा मनाइएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका योगेन्द्र ओझाले जानकारी दिनुभयो । 

यस्तै जिल्लामा परिवार नियमित रुपमा नियोजनको अस्थायी साधन इन्पलान्ट राख्नेको संख्या २८ सय १४ पुगेको छ । डिपो प्रयोगकर्ता २२ सय ४१ जना, पिल्स प्रयोगकर्ता ८ सय ८६ जना, स्थायी बन्ध्याकरण प्रयोगकर्ता ३३ सय १० जना र कण्डम प्रयोगकर्ता २२ सय ५४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

पछिल्लो समय इन्पलान्ट राख्नेको संख्या ह्वात्तै बढेको छ । एक पटक राखेपछि पाँच वर्षसम्म राख्न नपर्ने भएको कारण संख्या बढेको ओझाले बताउनुभयो । जिल्लाभरी ४० स्वास्थ्य चौकी, २ वटा अस्पताल, ७ वटा सामुदायिक एकाइ केन्द्र र २ वटा शहरी स्वास्थ्य एकाईबाट परिवार नियोजनका साधन वितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई