२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा छुट भएका भूकम्पपीडितको लगत संकलन जारी

३ आश्विन २०७४, मंगलवार ०१:५८

असोज ३, नुवाकोट । भूकम्पका कारण आवास गुमाएका तर लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त रहेको छ । 

प्रभावित क्षेत्रको घरघरमा नै संकलन टोली परिचालन भइरहेकाले छुट भएका भूकम्पपीडितलाई नाम दर्ता गराउन पुनःनिर्माण प्राधिकरण नुवाकोट कार्यालयले आग्रह गरेको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले लाभग्राही सूचीमा समावेश नभएका छुट पीडितलाई आफ्नो घरको लगत संकलन गराउन लगत संकलन टोलीसँग सम्पर्क राख्न निमित्त बेदप्रसाद गौडेलले आग्रह गर्नुभयो । 

पुनःसर्वेक्षण र पुनःजाँचका लागि वडाध्यक्ष संयोजक रहेको वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा अन्तिम पटकका लागि घरघरमा नै पुगेर लगत संकलन भइरहेकाले घरबाहिर भएकालाई आफ्नो क्षति पुगेको घरको प्राविधिक टोलीमार्फत जाँच गराउन छुट पीडितलाई आह्वान गरेको छ । 

भूकम्पले आवास क्षति भएको र नयाँ घर बनाउन रु तीन लाख अनुदान पाउने लाभग्राही सूचीमा नाम नभएकाको गुनासो सम्बोधनका लागि पुनःजाँच र पुनःसर्वेक्षणका लागि पुनःनिर्माण प्राधिकरणको केन्द्रबाट यहाँका बाह्रवटा स्थानीयतहमा १६ जना इञ्जिनियर परिचालन भएका छन् । इञ्जिनियरलाई सामाजिक परिचालकले सहयोग पु¥याउँदै आएका छन् । 

संकलन टोलीले भूकम्पका कारण आवास गुमाएका तर आवास निर्माणका लागि लाभग्राही सूचीमा नाम नभएको भनी छुट गुनासो दर्ता गराएका देखि गुनासो नै नगरेका छुट पीडितको लगत संकलन दशैँपर्व अघि नै पूरा गर्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू आजको मौसमः देशका केही भूभागमा वर्षाको सम्भावना