2026-08-20 01:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘त्रिवि क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना’

कीर्तिपुर (काठमाडौँ) | उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना बन्न पुगेको बताउनुभएको छ ।

निमाणाधीन रङ्गशालाको प्रगति विवरण बुझ्न आज कीर्तिपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तोकिएको समयभन्दा केही बढी समय लागे पनि नमूना योजना बनेको बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अरु आयोजना समयावधिभन्दा दोब्बर, तेब्बर ढिलो बन्ने प्रवृत्ति हेर्दा यसमा धेरै ढिला भएको छैन । यद्यपि, ढिलाइ हुने प्रवृत्ति निरुत्साहित गर्न जरिवानाको प्रावधानलाई बिना मोलाहिजा लागू गरिएको छ । यो आयोजनाले हामीलाई उत्साहित बनाएको छ ।”

रङ्गशाला स्तरीकरणको पहिलो चरणअन्तर्गत प्यारापिट निर्माण सम्पन्न भएको र फ्लडलाईट जडान पनि अन्तिम चरणमा पुगेकाले केही दिनमै १० हजार दर्शकलाई खेल देखाउन सक्ने गरी रङ्गशाला तयार हुने उहाँको विश्वास थियो ।

उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीहरूले त्यहाँको कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएकै दिन पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालालाई ३०० दिनभित्र सबै सुविधायुक्त र रातिसमेत खेल्न मिल्ने गरी अन्तरराष्ट्रियस्तरको बनाउने निर्णय गरेको थियो ।

यसअन्तर्गत पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण र छ वटा फ्लडलाई जडान गर्ने योजना छ । दोस्रो चरणमा भने १५ हजार थप दर्शक अट्ने गरी प्यारापिट, ड्रेसिङ रूम, सञ्चार तथा विशिष्ट कक्षसमेत निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन्