2026-08-27 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङका नेपाली हाते कागज उद्योग संकटमा

असोज ३, ताप्लेजुङ। कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । 

वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमध्ये लोक्ता प्रमुख हो । 

फुङ्लिङ नगरपालिका–६ मा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाले लोक्ताको अभावले केही महिनादेखि उद्योग बन्द गर्नुपरेको बताउनुभयो । 

सिदिङ्वा गाउँपालिका–७ का व्यवसायी देउबहादुर लिम्बू लोक्ता नहुँदा माग भएअनुसार कागज उत्पादन उत्पादन गर्न नसकिएको बताउनुहुन्छ । नेपाली हाते कागजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाए पनि मागअनुसारको उत्पादन गर्न सकिएको छैन । लोक्ता सामुदायिक वनबाट निकाल्न लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले समयमा निकाल्न असम्भव हुने व्यवसायीको भनाइ छ । 

लोक्ता विशेषगरी पहाडी तथा हिमाली जिल्लाका महाभारत शृंखला र त्यसको उत्तरी भागका पाँच हजार फिटदेखि १० हजार फिटसम्म ९समुद्री सतहभन्दा माथि० को उचाइका चिसो, ओसिलो ठाउँ र अरु रुखको छहारी भएको ठाउँमा पाइन्छ । नेपाली कागजको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढे पनि कच्चा पदार्थकै अभावमा माग पूर्ति गर्न नसकेको यहाँका कागज उद्योग सञ्चालक बताउँछन् । 

शुद्ध लोक्ताबाट बन्ने कागज विशेषगरी जापानले जापानी येन ९जापानी मुद्रा० बनाउन प्रयोग गर्ने गर्छ । हाते कागज अमेरिका, थाइल्याण्डलगायतका मुलुकमा निर्यात हुने गरेको छ । उद्योग विकास शाखा ताप्लेजुङमा हालसम्म २५ वटा नेपाली हाते कागज उद्योग दर्ता भएको छ । 

उद्योग विकास अधिकृत सुनिल आचार्यका अनुसार हाते कागज उद्योगले बर्सेनि नवीकरण गर्ने गरेका छन् ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल