२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

२८ भाद्र २०८२, शनिबार १२:५५

काठमाडौँ | मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले प्रभावित छ । पर्यटकीय याम सुरु हुनै लाग्दा भएको आन्दोलनले पर्यटन क्षेत्र मारमा पर्ने देखिएको छ । कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र पुनःशिथिल हुने भयले पर्यटन व्यवसायी चिन्तित छन् । ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यस्तै अवस्था लामो समय रहे विश्व पर्यटन बजारमा नेपालको नराम्रो सन्देश जाने बताउनुभयो ।

“असोज र कात्तिक सबैभन्दा बढी विदेशी पर्यटक आउने याम हो, ठ्याक्कै यही बेला आन्दोलन सुरु भयो, अन्यौलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन्”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नसके हाम्रो पर्यटन क्षेत्रले ठूलो असर व्यहोर्नुपर्छ, यसको घाटा देशलाई पर्छ ।” उहाँले अहिले नेपाल आइसकेका विदेशी पर्यटकलाई सुरक्षित तबरले गन्तव्यस्थलसम्म पु¥याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गरिरहेको बताउनुभयो । यो याममा विशेष गरी पदयात्राका लागि विदेशी पर्यटक आउने गर्छन् ।

अध्यक्ष आचार्यले छिटो राजनीतिक वातावरण सुधारेर मुलुकलाई सामान्य अवस्थामा नफर्काएसम्म पर्यटन क्षेत्र चलायमान हुन नसक्ने बताउनुभयो । चाडपर्वका अवसरमा घुमफिरको योजना बनाएका आन्तरिक पर्यटकलाई अहिलेको अवस्थाले अन्यौलता थपेको उहाँको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले यो याममा पर्यटक आगमनमा असर पर्ने देखिएको बताउनुभयो । “तथ्याङ्कगत रुपमा हेर्न अझै केही दिन कुनुपर्छ, तर अहिलेको आन्दोलनले पर्यटन क्षेत्रमा असर भने पक्कै गर्छ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमाझ परिचित गन्तव्य हो । गत आवमा उक्त क्षेत्रमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक भित्रिएका थिए । तीमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ५७ हजार ७८६ र अन्य देशका एक लाख २० हजार ३२७ पर्यटक रहेका थिए । वर्षात र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेकाका अहिले मुलुकमा देखिएको असहज परिस्थितिले पर्यटक आगमनमा असर पर्ने देखिएको आयोजना कार्यालयले जनाएको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान