२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा बाढीका कारण ९७ जनाको मृत्यु, ४.४ मिलियन भन्दा बढी प्रभावित

२८ भाद्र २०८२, शनिबार १३:३६

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण कम्तीमा ९७ जनाको मृत्यु हुनुका साथै ४.४ मिलियन भन्दा बढी मानिसहरु प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

पिडिएमएका अनुसार रावी, सतलज र चेनाब नदीमा आएको बाढीका कारण प्रदेश भरिका चार हजार ५०० भन्दा बढी गाउँहरूलाई क्षति पुगेको छ ।

उद्धार तथा राहतसहित अहिलेसम्म करिब २.४५ मिलियन मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

प्रभावित जिल्लाहरूमा कुल ३९६ राहत शिविरहरू स्थापना गरिएको छ, भने लगभग १.९ मिलियन गाईवस्तुहरूलाई सुरक्षित स्थानमा सारीएको पिडिएमएले जनाएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार जुन २६ देखि राष्ट्रव्यापी, मौसमी वर्षा र बाढीले कम्तीमा ९५६ जनाको ज्यान लिनुका साथै एक हजार ६० भन्दा बढी घाइते भएका छन् । बाढीले आठ हजार ४०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्, भने देशभरि छ हजार ५०० भन्दा बढी गाईवस्तुहरू नष्ट भएका छन् ।

विस्थापित समुदायहरूलाई आश्रय, खाना र चिकित्सा सहायता प्रदान गर्न तथा थप क्षति रोक्न राहत प्रयासहरू जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान