2026-11-10 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन्। घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी (एए) ले उक्त आक्रमण क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयहरूमा भएको जनाएको छ।

उक्त समूहले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछिको समयमा भएको हो, जसमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूको मृत्यु भएको र थप २२ जना घाइते भएका छन्। एएले आक्रमणका लागि म्यानमाको सैनिक सरकारलाई जिम्मेवार ठहर गरेको छ।

“निर्दोष विद्यार्थीहरूको असमय निधनले हामीलाई पीडित परिवारसरह अत्यन्तै दुःखी तुल्याएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले जनाएको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका विस्फोटक सामग्री विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थीहरू निद्रामा थिए।

घटनापछि बाल अधिकारको संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफले वक्तव्य जारी गर्दै यस आक्रमणप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ। युनिसेफले भन्यो, “यो आक्रमण राखाइन राज्यमा पछिल्लो समय हुँदै आएको हिंसात्मक घटनाहरूको भयावह नमूना हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारहरूले चुकाइरहेका छन्।”

सञ्चार संस्था एएफपीले घटनास्थल वरपरको जानकारी लिन खोज्दा इन्टरनेट र फोन सेवा अत्यन्तै कमजोर भएकोले प्रत्यक्ष विवरण प्राप्त गर्न नसकेको उल्लेख गरेको छ।

सन् २०२१ मा म्यानमारको प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि देशमा विभिन्न सशस्त्र समूहहरूद्वारा प्रतिरोध तीव्र बन्दै गएको छ। यसबीच, सैनिक सरकारमाथि बारम्बार सर्वसाधारण क्षेत्रहरूमा हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोपहरू लाग्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने