२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कतार इजरायलबीचको कूटनीतिक दूरी बढ्दै,गाजा युद्ध अझै जटिल बन्दै

२८ भाद्र २०८२, शनिबार १५:५४

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ। यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानुहुनेछ, जहाँ उहाँले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नुहुनेछ।

ट्रम्प प्रशासनको संवेदनशील सन्तुलन प्रयास

हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्‍याउने टिप्पणी गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।

कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ।

इजरायली नेताहरूसँग गाजाबारे छलफल

विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उहाँले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी
राज्यका सम्बन्धमा युरोपेली मुलुकहरूको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्नेछन्।

उहाँले हमासद्वारा अपहरणमा परेका व्यक्तिहरूका परिवारसँग पनि भेट गर्नुहुनेछ, जसले बन्धकहरूको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्नेछ।

रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्र मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान