Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापका LDO भन्छन्- ‘यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउँ’

४ आश्विन २०७४, बुधबार ०३:२०

प्रज्वल पौडेल/असोज ४, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले आफुलाई दुर्व्यबहार गर्ने व्यक्तिको पहिचान गरि कारवाहि गर्न माग गरेका छन् । 


मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस मार्फत उनले आफुलाई दुर्व्यबहार गरेको घटनाको घोर निन्दा र घोर भर्सना गरेका छन् । सोमबार दिउँसो कार्यकक्षमै पुगेर विप्लप समुहका कार्यकर्ताले कालो मोविल खन्याएर भाग्नुलाई कर्मचारीतन्त्रलाई अपमानित गर्ने, मनोवल गिराउने काम भएको बताउदै पन्तले भने – "यो व्यक्तिगत आक्रमण नभई सरकार र राज्य विरुद्द गरिएको संगठीत हमला हो ।"

स्थानीय विकास अधिकारी पन्तले भनेका छन् -"घटना घटेपछि र कसैले विज्ञप्ति मार्फत जिम्मा लिंदा पनि दोषीको खोजी गर्न नसक्ने, दण्ड दिन नसक्ने कानून कार्यान्वयन निकाय र न्याय प्रणालीबाट मैले कुनै ठूलो अपेक्षा पालेको छैन । मेरो एउटै अपेक्षा छ : यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउँ।"

हेर्नुस स्थानीय विकास अधिकारी दिनेशराज पन्तको विज्ञप्ति ।

हिजो (सोमबार) रामेछाप जिल्लामा स्थानीय बिकास अधिकारीको रुपमा कार्यकक्षमा कार्यरत रहँदा, एकजना अपरिचित व्यक्ति आई एउटा काम छ, एउटा माईन्युटमा सहि गर्नु छ भनी कागज दिई मैले उक्त माईन्युट पल्टाई त्यसतर्फ ध्यान केन्द्रीत गरेको समयमा मलाई दुर्व्यबहार गरेको घटनाको घोर निन्दा र घोर भर्सना गर्दछु ।

यो घटनालाई मैले समग्र कर्मचारीतन्त्रको मनोवल गिराउने षड्यन्त्रको रुपमा लिएको छु । राष्ट्रले दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा, आफ्नो काममा ब्यस्त एउटा नागरिक प्रशासकलाई यस प्रकारको घटना घटाईनु कायरतापूर्ण घटना हो भन्ने मेरो बुझाई छ । 

अझ राजनीतिक आवरणमा गरियको यस कार्यले मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रलाई अपमानित गर्ने र मनोवल गिराउने उद्देश्य लिएको देखिँदा यो म प्रतिको व्यक्तिगत आक्रमण नभई सरकार र राज्य विरुद्द गरिएको संगठीत हमला हो ।

म राज्यलाई प्रश्न गर्न चाहन्छु: के राज्यले हामीलाई दिएका कार्यकक्ष, कार्यालय विन्यास, सेवाग्राहीलाई विनारोकतोक सबै कक्षहरुमा प्रवेश दिनुपर्ने कार्य संस्कृति र वातावरण त यसको लागि जिम्मेवार छैनन्? कार्यालयको शुरक्षा व्यवस्थामा हामीले पुनःविचार गर्नु पर्ने हो वा होईन? घटना घटेपछि र कसैले विज्ञप्ति मार्फत जिम्मा लिंदा पनि दोषीको खोजी गर्न नसक्ने, दण्ड दिन नसक्ने कानून कार्यान्वयन निकाय र न्याय प्रणालीबाट मैले कुनै ठूलो अपेक्षा पालेको छैन । मेरो एउटै अपेक्षा छ: यस्तो अपमान सहने म अन्तिम राष्ट्रसेवक हुन् पाउ । 

ठूलो सार्वजनिक सम्पत्तिको जिम्मेवारी सुम्पने सरकारले एउटा अपरिपक्क र गैर जिम्मेवार व्यक्तिले कुनै पनि वेला अपमानित गर्न सक्ने गरी कार्य वातावरण दिने र सार्वजनिक अधिकारीहरु संधै त्रासमा रहनु पर्ने अवस्था कायम रहेसम्म मेरो अपेक्षा पुरा हुँदैन । 

यसमा समिक्षा र आवश्यक सुधार होस् । त्यसैले घटनाको विरोध र भर्त्सना गरि मेरो पीडामा साथमा रहेको औपचारिकता निर्वाह गर्ने भन्दा पनि सरकारी अधिकारीलाई सुरक्षा दिई निर्भिकतापूर्वक काम गर्ने वातावरण निर्माणमा सक्दो पहल गरिदिनुहुन सादर अनुरोध छ । भनाई नै छ नि: हजार माईलको यात्रा एक कदमबाट शुरु हुन्छ; मैले कदम चालें, अव तपाईंको पालो !!!

अन्तमा, सो घटनाको बिरोध तथा भर्त्सना गर्नु हुने राजनीतिक दल, जिल्ला समन्वय समिति तथा गाऊपालिका पदाधिकारीहरु, पत्रकार, नागरिक समाज, कर्मचारी ट्रेड युनियनहरु र कर्मचारी साथिहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्वेवारी लिएको थियो । स्थानीय विकास अधिकारी पन्तले राजनैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको आरोप लगाउदै त्यसको कारवाही स्वरुप मोविल खन्याईएको विज्ञप्ती मार्फत जनाएकाे थियोे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान