पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन क"/>
2026-09-19 01:45 PM
पर्बत - PBT

चाडपर्व शुरु भएसँगै जुवातास कुश्मा बजारमा मौलायो

पर्वत । दशैतिहार नजिकिएसँगै कुश्मा बजारमा जुवातास खेल्नेको संख्या बढेको छ । चाडपर्व शुरुभएसँगै कुश्मा बजारमा भीडभाड पनि बढ्दो छ । रमाइलोका लागि भन्दा पनि व्यवसायीक रुपमा नै चुवातास खेलाउनेहरु बढेका छन् । दशैतिहारमा मात्रै होइन कुश्मामा बाह्मास जुवातास खेलाउनेहरुको पनि जमात बढ्न थालेको छ । 

पुल हाउस, क्यारेम बोर्डको नाउमा जुवाको अखडा पर्वतमा बढ्दै गएको । पुल हाउस र क्यारेम बोर्ड खेल्ने क्रममा पनि तासको प्रयोग गरिने भएका कारण पर्वतमा पुल हाउसमा जाने युवाहरु जुवातासको लतमा फस्न थालेका छन् ।

पछिल्लो समयमा चाडपर्वको मौका छोपी होटल तथा डेरामा जुवातास खेलाउनेहरुको संख्या बढेको छ तर प्रहरी भने त्यसको अनुगन र कारवाहीको लागि प्रयास समेत गर्न सकेको छैन । बजारमा सिभिलमा खटिने प्रहरी जवानहरु चिनजानको हुने भएका कारण पनि उनीहरुले यसमा खासै चाँसो र फलोअप नगरेको देखिन्छ ।

बजारका केही होटल र घरमा अड्डा जमाएर दैनिक तास खेल्ने गरिएको छ । केही बर्षअघि प्रहरीले जुवातास खेल्नेमाथि कडाई गरेपनि अहिले प्रहरीले देखेपनि नदेखेझै गर्ने गरेको छ । प्रहरीले आपराधिक गतिविधिलाई निस्तेज पार्ने जतिसुकै कडा कुरा गरेपनि जुवातास खेल्ने, लागुऔषध दुब्र्यसनीजस्ता घटनामा हात हाल्न सकेको छैन ।

प्रहरीकै केही सुराकीलाई जुवाडेले कमिसन दिएर सुचना नै नपु¥याउने समेत गुनासो आउने गरेको छ । यसरी ब्यावसायिक रुपमा जुवा तास खेल्नेमा प्रतिष्ठित ब्यक्तिहरु नै रहने गरेका छन् । प्रहरीले पक्राउ गरेपनि उच्चस्तरको दबाब आउनसक्ने आकलन गरेर पनि निर्वाध रुपमा जुवातास खेल्नेलाई मलजल गरेको पनि गुनासा आउने गरेको छ ।

भर्र्खरै पर्वतको प्रहरी प्रमुख भएर आएका डिसपी दिलिप घिमिरेले भने जुवातास नियन्त्रणका लागि कडाई गरिएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो