९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चन्द्रबहादुरको दैनिकी: टनेलभित्रै

२७ माघ २०७२, बुधबार ०५:३५

tunnelप्रभात सुवेदी । माघ २७, बर्दिया । घरि बाहिर घरि भित्र गर्दछन् उनी । यस्तैगरी आजभोली उनको दैनिकी वित्ने गरेको छ । यही गुम्मज (टनेल) लाई नै आफ्नो जीवनको प्राण सम्झेका छन् उनले । करीव ५० हाराहारीका यस्ता गुम्मजहरुमा नै उनको दैनिकी वित्ने गरेको छ ।

कालिका ३ मयूरबस्तीका चन्द्रबहादुर चौधरीको दैनिकी आजभोली तरकारी उत्पादनका लगि तयार गरिएको टनेलमा वित्ने गरेको छ । वहाँ मात्रै नभएर आजभोली अधिकांश कृषकहरु यसरी वेमौसमी तरकारी खेती गरी मनग्य आम्दानी लिन सक्रिय छन् । पछिल्लो समयमा रासायनिक मलको अत्याधिक प्रयोग गरिँदा मानव स्वास्थ्यमा यसले पार्ने नकारात्मक असरप्रति साह्रै नै चिन्तित पनि छन् उनी ।

टनेल बनाएर उनले यतिखेर करीव ५ कठ्ठाको जमिनमा काँक्रोको खेती गरिरहेका छन् । “गुम्मजभित्रै बीउ राखेर बिरूवा तयार गरीएकोले विरुवाहरु हुर्काउन गह्रो भएन, हेर्नुस न विरूवा पनि हरिया नै छन् ।” गुम्मजको प्लास्टिक निकाल्दै उहाँ भन्नुहुन्छ । यसरी खेती गर्दा सजिलो पनि हुने र वातानुकुलित पनि हुने भएकोले उत्पादन पनि बढी नै हुने गरेको उहाँ बताउनुहुन्छ । खाल्डो खनेर मल भरेर त्यसमा बीऊ राखेर बिरूवा उत्पादन गरिएको चौधरीले बताउनुभयो ।

यस प्रयोजनका लागि प्लास्टिक, बीऊ कारीतास नेपाल नामक गैर सरकारी संस्थाबाट सहयोग पाएको बताउनुभयो । पाएको बीउ उन्नत जातको भएकोले अपेक्षा गरेअनुरुप फल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । तर नफलेमा घाटा हुने भएकोले बीऊको छनोटमा पनि कृषकहरु सचेत हुनुपर्ने वहाँले बताउनुभयो ।

tarkari
गत वर्ष पनि यसरी काँक्रा खेती गरेको तर समयमा नै निकाल्न नसक्दा उचित बजार नपाएका कारण घाटा लागेको कृषक चौधरीको भनाई छ । अहिले करीव १ हजार जति विरुवाहरु तयार गरेकोले उत्पादन तथा यसबाट आम्दानी पनि चाहेजति हुनेमा चन्द्रबहादुर विश्वास गर्नुहुन्छ । प्लास्टिक, बीऊ सहयोग पाएकाले मलजलको लागि मात्रै लगानी गरेको बताउनुभयो ।

उत्पादित काँक्राहरु कालिकादेखि नेपालगञ्ज, कोहलपुर सम्म पु¥याएर थोकमा बेच्ने गरेको उहाँले बताउनुभयो । यसरी लैजाँदा किलोको ३० देखि ४० रुपैयासम्ममा बेच्ने गरेको तर पछि भने ८ देखि १० रुपैंयामा पनि बेच्नपर्ने अनुभव चौधरी बताउनुहुन्छ ।
gobi
आजभोली कालिकाको मयूवस्तीमा कालुराम चौधरी, सन्तराम चौधरी, सुन्दरलाल चौधरी, महलाल चौधरी, मानबहादुर चौधरी, रामचन्द्र चौधरी लगायतका कृषकहरु यस प्रकारको तरकारी खेती तर्फ आकर्षित भएका छन् । सबैले यसरी नै टनेल निर्माण गरी बेमौसमी तरकारी खेती गरिरहेको यो कार्य स्वेदेशमा काम नपाएर वैदेशिक रोजगारीका लागि जाने युवाहरुका लागि गतिलो पाठ हुन सक्दछ ।

यसरी कृषकहरुले गरको मिहिनेतमा राज्यले पनि केही सामान्य सघाउ गरेमा अझ प्रेरणा मिल्ने थियो भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता