2026-09-18 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चन्द्रबहादुरको दैनिकी: टनेलभित्रै

tunnelप्रभात सुवेदी । माघ २७, बर्दिया । घरि बाहिर घरि भित्र गर्दछन् उनी । यस्तैगरी आजभोली उनको दैनिकी वित्ने गरेको छ । यही गुम्मज (टनेल) लाई नै आफ्नो जीवनको प्राण सम्झेका छन् उनले । करीव ५० हाराहारीका यस्ता गुम्मजहरुमा नै उनको दैनिकी वित्ने गरेको छ ।

कालिका ३ मयूरबस्तीका चन्द्रबहादुर चौधरीको दैनिकी आजभोली तरकारी उत्पादनका लगि तयार गरिएको टनेलमा वित्ने गरेको छ । वहाँ मात्रै नभएर आजभोली अधिकांश कृषकहरु यसरी वेमौसमी तरकारी खेती गरी मनग्य आम्दानी लिन सक्रिय छन् । पछिल्लो समयमा रासायनिक मलको अत्याधिक प्रयोग गरिँदा मानव स्वास्थ्यमा यसले पार्ने नकारात्मक असरप्रति साह्रै नै चिन्तित पनि छन् उनी ।

टनेल बनाएर उनले यतिखेर करीव ५ कठ्ठाको जमिनमा काँक्रोको खेती गरिरहेका छन् । “गुम्मजभित्रै बीउ राखेर बिरूवा तयार गरीएकोले विरुवाहरु हुर्काउन गह्रो भएन, हेर्नुस न विरूवा पनि हरिया नै छन् ।” गुम्मजको प्लास्टिक निकाल्दै उहाँ भन्नुहुन्छ । यसरी खेती गर्दा सजिलो पनि हुने र वातानुकुलित पनि हुने भएकोले उत्पादन पनि बढी नै हुने गरेको उहाँ बताउनुहुन्छ । खाल्डो खनेर मल भरेर त्यसमा बीऊ राखेर बिरूवा उत्पादन गरिएको चौधरीले बताउनुभयो ।

यस प्रयोजनका लागि प्लास्टिक, बीऊ कारीतास नेपाल नामक गैर सरकारी संस्थाबाट सहयोग पाएको बताउनुभयो । पाएको बीउ उन्नत जातको भएकोले अपेक्षा गरेअनुरुप फल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । तर नफलेमा घाटा हुने भएकोले बीऊको छनोटमा पनि कृषकहरु सचेत हुनुपर्ने वहाँले बताउनुभयो ।

tarkari
गत वर्ष पनि यसरी काँक्रा खेती गरेको तर समयमा नै निकाल्न नसक्दा उचित बजार नपाएका कारण घाटा लागेको कृषक चौधरीको भनाई छ । अहिले करीव १ हजार जति विरुवाहरु तयार गरेकोले उत्पादन तथा यसबाट आम्दानी पनि चाहेजति हुनेमा चन्द्रबहादुर विश्वास गर्नुहुन्छ । प्लास्टिक, बीऊ सहयोग पाएकाले मलजलको लागि मात्रै लगानी गरेको बताउनुभयो ।

उत्पादित काँक्राहरु कालिकादेखि नेपालगञ्ज, कोहलपुर सम्म पु¥याएर थोकमा बेच्ने गरेको उहाँले बताउनुभयो । यसरी लैजाँदा किलोको ३० देखि ४० रुपैयासम्ममा बेच्ने गरेको तर पछि भने ८ देखि १० रुपैंयामा पनि बेच्नपर्ने अनुभव चौधरी बताउनुहुन्छ ।
gobi
आजभोली कालिकाको मयूवस्तीमा कालुराम चौधरी, सन्तराम चौधरी, सुन्दरलाल चौधरी, महलाल चौधरी, मानबहादुर चौधरी, रामचन्द्र चौधरी लगायतका कृषकहरु यस प्रकारको तरकारी खेती तर्फ आकर्षित भएका छन् । सबैले यसरी नै टनेल निर्माण गरी बेमौसमी तरकारी खेती गरिरहेको यो कार्य स्वेदेशमा काम नपाएर वैदेशिक रोजगारीका लागि जाने युवाहरुका लागि गतिलो पाठ हुन सक्दछ ।

यसरी कृषकहरुले गरको मिहिनेतमा राज्यले पनि केही सामान्य सघाउ गरेमा अझ प्रेरणा मिल्ने थियो भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई