2026-09-02 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय भित्रै जाँड भट्टी, शिक्षक भन्छन हाम्रो क्यान्टीन हो

प्रेम सुनार।असोज ४, गुल्मी। विद्यालयको सय मिटर वरपर मदिरा विक्रि वितरण गर्न नपाई भनिए पनि अर्घाखाँचीको एक विद्यालय भित्रै  देखालो क्यान्टीन र  नदेखालो जाँड भट्टी रहेको छ । सरस्वती माध्यामिक विद्यालय छत्रदेव गाउँपालिका वडा नम्वर ७ , साविकको भगवती ८ भुस्खातामा यस्तो क्यान्टीन रहेको हो । त्यस विद्यालयको गेटभित्रको वाँया साईडमा एउटा छाप्रोमा विद्यालयले चुरामणी पाण्डेका दम्पती मार्फत क्यान्टीन सञ्चालन गरेको छ । त्यस क्यान्टिन भित्र विहान देखि साँझ अवेर सम्म मदिरा विक्रि वितरण हुने गरेको छ । प्रधानध्यापक ठाकुरप्रसाद पाण्डेलाई पटक पटक मौखीक र व्यवस्थापन समितिलाई  लेखेरै क्यान्टीनमा मदिरा नवेच्न आग्रह गरे पनि अटेरी गरेको स्थानियवासी एवं पुर्व प्रहरी सहायक निरीक्षक रामप्रसाद पाण्डेले बताए ।

 

हामी त्यहाँ पुग्दा प्रधानध्यापक पाण्डे एक घटनाको शिलशिलामा सन्धीखर्क पुगेका थिए । विद्यालयको तर्फबाट बोल्दै सहायक प्रधानध्यापक   विनिराम पाण्डेले  त्यसमा क्यान्टीन सञ्चालकले अरुलाई मदिरा विक्रि वितरण गरे पनि आफुहरु शिक्षकहरुले सेवन नगर्ने गरेको बताए । उनले आफुहरुले देख्ने गरी भने नबचेको दावि । अर्का शिक्षक नारायणप्रसाद पाण्डेले उक्त पसल विद्यालयकै क्यान्टीन भएको र यस्तो समसमायिक र गम्भीर विषय मिडियाले उठाएकोमा धन्यबाद दिए । ‘यो तपाईहरुले उठाउन लाग्नु भएको विषय धन्यबाद दिने विषय हो , अव हामीले जसरी पनि निराकण गर्नेछौं ,  विद्यालयको क्यान्टीन भित्र मदिरमा बेच्न दिनै हुन्न’– उनले भने । 

   जाँड रक्सी सेवन नगर्ने स्थानियहरुले त्यस क्यान्टीनलाई ‘विद्यालयको जाँड भट्टी’को संज्ञा दिदै आएका छन् ।  हामी त्यस क्यान्टीन भित्र पस्दा वियर र विभिन्न ब्राण्डका मदिराका सिसीहरु भुईमा छरपस्ट थिए ।  ढोकाको मुख मै पुग्दा खाना र नास्ता बाहेक केहि देखिदैन् । खाद्या सामग्री राखेको स्थानमा लुकाएर मदिराहरु राख्ने गरिएको छ । स्थानियका अनुसार शिक्षकहरुले त्यहाँ बसेर मदिरा सेवन गर्र्दैनन । सुरक्षित स्थानमा बसेर मगाउने गरेका छन् । क्यान्टीन सञ्चालकलाई साँङकेतिक भाषमा खाजा नास्ता भने पछि बुझिन्छ । यस्तो खाजा नास्ता कहिले काँही विद्यालय ब्यवस्थापन समितिको बैठक सकिए पछि  पनि मगाउने गरिन्छ । 

अर्का स्थानिय रामचन्द्र पाण्डेले भने –‘ त्यस क्यान्टीनमा रक्सी बेचिन्छ भनेर हामीले भन्नै परेन आफै देखि  हाल्नु भयो , विहान देखि साँझ सम्म क्यान्टीन भित्र मानिसहरु टिल परेर खाएको देखिन्छ ।  स्थानिय अन्य अभिभावकहरुले पनि त्यस क्यान्टीन भित्र मदिरा विक्रि हुँदा अपराधिक घटनामा बृद्धि भएको र विद्यार्थीहरुले पनि मदिराहरुमा पनि नराम्रो सन्देश दिने बताए । त्यसो त विद्यालयको  २० मिटर भन्दा नजिकै अरु दुई तिन वटा पसलमा  पनि मदिरा ग्रैह कानुनी रुपमा खुल्ला विक्रि गरिएको छ । 

स्थानियले भुस्खाता वजार भनेर चिनिने त्यस विद्यालयको प्राङ्गाण भित्रै र गेटै अगाडी  विहानै देखि  मदिराले धङधङ्गाउँदै मानिसहरु हिडेको र कतिपय वेला विद्यालय अगाडी नै मानिस लडेर सुतेको देख्न सकिन्छ । गत वर्ष त्यसै वजारमा मदिरा पिएर र लिएर साथीकोमा गएका मुक्ति बहादुर मुखियाले साथीलाई नै मारेर फर्किएका थिए ।  आज फेरी त्यसै वजार नजिकैको घरमा एउटी बृद्धको रक्ताम्मे अवस्थामा शव फेला परेको छ । ७७ वर्षिया श्यामकला पाण्डेको विभत्स अवस्थामा शव फेला परेपछि त्यस विद्यालय भित्रै र गेटै अगाडीका मदिरा पसल हटाउनु पर्ने मागलाई स्थायिनले आज चर्को रुपमा उठाएका हुन् । 

व्याप्त मदिरा विक्रि वितरणले अपराध र चोरी डकैती बढेको र विद्यालयको गरिमामा समेत आँच आएको स्थानियको ठहर छ । गजवको कुरा त त्यस विद्यालयबाट करिव १० मिनेट पर र दश चोटी त्यही बाटो गस्ती गर्ने  अर्घातोष प्रहरी चौकी रमिते बनेको छ । स्थानिय तहको निर्वाचनमा खटिएको सशस्त्र प्रहरीले भने चुनाव अवधीभर त्यहाँ मदिरा विक्रि वितरणमा रोक लगाएको थियो । छत्रदेव गाउँपालिकाबाट पत्रकारिता गर्ने  पत्रकार दिपेन्द्र श्रेष्ठले विद्यालय परिसरमा मदिरा विक्रि वितरण हुँदा पनि सरोकारवाला मौन रहनु दुखको विषय भएको बताए । त्यसलाई रोक्नका लागि  प्रधानध्यापक ठाकुरप्रसाद पाण्डेले चासो नदिएको स्थानियको आरोप छ ।

क्यान्टिन सञ्चालककी पत्नी गिता पाण्डेले विद्यालय प्राङ्गण भित्रको घडेरीमा सञ्चान गरिएको क्यान्टीनको जमिनको भाडा वार्षिक ३ हजार बुझाउने गरेको बताईन् । उनले मदिरा  वेच्ने अनुमति पत्र नलिएको स्पष्ट पारिन  । ‘के गर्ने सर हामीलाई लाईसेन्स भन्ने के हो भन्ने थाह छैन  ।  भित्र वसेर खुवाउने ठाउँ पनि धेरै छैन् । आफुहरु संग सामन्य लेख पढ पनि  छैन  । सरहरुले क्यान्टिन चलाउ भने पछि छोरा छोरा पाल्न र पढाउन सकिएला भनेर गरेका हौं , अरु हाम्लाई केहि थाह छैन सर’ उनले सोझो पारामा भनिन् । तस्वीरः विद्यालय प्राङ्गण भित्रैको उक्त क्यान्टीन र  त्यस भित्र भुईमा छरपस्ट मदिराका सिसीहरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली