२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

२ आश्विन २०८२, बिहीबार १४:१९

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।

जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ ।

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाई गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाई र प्लाष्टर गरिरहेका छन् ।

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । “हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ । आगजनीबाट सूर्यविनायक–७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो । कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ ।

चाँगुनारायण नगरपालिका–८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्ण रुपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट सङ्कलित रकमबाट मर्मत भइसकेको छ ।

चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मतसुरु गरेका छन् । वडा नं. १ सरस्वतीखेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।

मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ । अभियन्ता अनिश बैद्यको नेतृत्वमा सरसफाई र मर्मत भइरहेको हो । अभियन्ता वैद्यले भन्नुभयो, “प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट सङ्कलन भएको छ । करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ ।”

स्थानीयले सानोठिमी प्रहरी प्रभागको मर्मतसँगै रङ्गरोगन गरी हस्तान्तरण गरेको छभने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान