2026-09-19 08:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कमिसन लिएर गाउँपालिका अध्यक्षले सम्झौता गरेको आरोप

सम्राट सिंह/असोज ५, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोहरुसँग कमिसन लिएर सम्झौता गरेको आरोप लगाएका छन । 

जिल्लामा रहेका पत्रकारहरुले तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले जिल्लामा रहेका केहि रेडियोका संञ्चालकहरुसँग कमिसन लिएर नियम विपरित रकम बृद्घि गरी बार्षिक सम्झौता गरेको आरोप लगाएका हुन । 

यसरी तल्कोट गाउँपालिकाका बासिन्दाहरुले अमुल्य मतदान गरी विजयी गराएर गाउँपालिकाका अध्यक्षले सोमबार सदरमुकाम चैनपुरमा आएर रकम वृद्घि गरी केहि रेडियोसँग सम्झौता गरेको र सम्झौता गरेको रकमको केहि प्रतिशत रकम आफुलाइ फिर्ता गर्नुपर्ने माग राखेको एक रेडियोका संञ्चालकले बताए ।

कतै तल्कोट गाउँपालिकाको विकासका लागि आएको रकम कार्यकर्तालाई मदिरा सेवन गर्न तथा कार्यकर्ताका पेट भर्न विनियोजन गरेका छैनन् यस्ता बिषयहरुमा तल्कोट गाउँपालिकाका बासिन्दाहरुले ध्यान जान जरुरी रहेको स्थानियको भनाइ छ । 

जिल्लामा रहेका केहि गाउँपालिकाका अध्यक्षहरुले संञ्चार माध्यममा समान रुपमा रकम विनियोजन गरेको भएपनि केहि गाउँपालिकाका अध्यक्षहरुले राजनितिक पूर्वाग्राही भएर रकम विनियोजन गरेको पत्रकार महासंघका पुर्व अध्यक्ष जगत खडकाले बताए । उनले भने गाउँपालिकाको संञ्चारमा विनियोजन भएको रकममा त कमिसन को चलखेल हुन थाल्छ भने अन्य ठूला ठूला योजनामा त कुरै छाडौँ ।

यसरी कोटेसन नगरी केहि रेडियोहरुसँग मात्र कसरी सम्झौता भयो भनेर सोध्दा तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले केहि रकम फिर्ता लिने गरी सम्झौता गरेको स्विकारेका छन । यस बिषयमा जिल्लाका पत्रकारहरुको भेला भइ यसरी संञ्चारमा विभेद नगर्न गाउँपालिका तथा नगरपालिकाहरुको ध्यान आर्कषण गराउने छलफल भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई