२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चौध दिनमा २८ जनामा स्क्रब टाइफस

५ आश्विन २०७४, बिहीबार ०७:२४

असोज ५, चितवन।  चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । 

गत भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो । गत भदौ २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्ममा १८२ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । उक्त रोगबाट दुई जनाको मृत्यु भएको छ । माइट नामको एक प्रकारको सूक्ष्म कीरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् । 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । 

यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्मा बताउनुहुन्छ । उहाँका अनुसार यो वर्ष नेपालमा ३२ भन्दा बढी जिल्लामा यो रोग देखिएको छ । ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा उपचार गरेर रोग निको हुने तर ढिला अस्पताल पुगे ज्यान जोखिममा पर्न सक्ने बताइएको छ । 

नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो । चितवनमा २०७३ सालमा पहिलो पटक रोग भएको पुष्टि भएको थियो । जिल्लामा डेङ्गु रोग भने नौ जनामा देखिएको छ । डेङ्गु नियन्त्रणका लागि जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा केही दिनअघि लामखुट्टेका लार्भा र प्यूपा खोजेर नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको थियो । 

यस्तै मौसमी रुघाखोकीबाट झण्डै ४०० जना प्रभावित भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ? नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो : राष्ट्रपति पौडेल पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित